


राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक आज

काठमाडौं – राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्ने भएको छ ।
बैठकमा गत जेठ १५ देखि भएको आन्दोलनको समीक्षा, आगामी आन्दोलनको स्वरूप र तयारीबारे पार्टीको कार्य योजना, भूमिका र धारणा बारेमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार बैठकमा पार्टीको आन्तरिक संगठन सुदृढीकरणका बारेमा पनि छलफल हुने छ ।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको आवश्यकता र औचित्य तथा राप्रपा नेपालको भूमिकाको बारेमा धारणा राख्ने उनको भनाइ छ ।

