


प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख घिमिरे

काठमाडौं – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।
बैठक बिहान ९ बजे सिंहदरबारमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।
संसदको क्यालेन्डरलगायतका विषयमा छलफल गर्न बोलाइएको बैठकमा प्रमुख दलका प्रमुख सचेतक सहभागी हुनेछन् ।
प्रतिनिधि सभामा प्रतिपक्ष दलहरुले अवरोध गरिरहेका छन् । जसका कारण बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन । यसबारेमा पनि सभामुखले नियमित दलका प्रतिनिधिहरूसँग छलफल चलाइरहेका छन् ।

