

उपत्यकावासीको आँत भिजाउने मेलम्ची सपना अनिश्चित

काठमाडौं– प्राकृतिक विपद्का कारण मेलम्ची खानेपानी आयोजना अनिश्चित बनेको छ ।
आयोजनाको करिब दुई दशकपछि गत चैतमा उपत्यकाबासीले मेलम्चीको स्वाद चाख्न पाएका थिए। तर त्यो स्वाद स्वादमै सिमित रह्यो। २०४८ सालमा निर्वाचन प्रचारका क्रममा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनावी सभाको भाषणमा भनेका थिए, ‘मेलम्ची खोलाको पानी ल्याएर काठमाडौंका सडक पखालिनेछ।’
भट्टराईको भाषणपछि मेलम्चीको पानीको चर्चा सुरु भएको थियो। उक्त चर्चाको करिब दुई दशकपछि रसाएको उपत्यकाबासीको आँत फेरि सुक्ने भएको छ।
प्राकृतिक विपद्का कारण गत १ असारमा मेलम्चीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको मुहानमा ठूलो क्षति पुर्यायो तर संयोगले सोही दिन खानेपानीको सुरुङ खाली गराउन आयोजनाका गेट बन्द गरिएकाले सुरुङ ठूलो क्षति हुनबाट भने जोगियो।
उक्त समयमा गेट बन्द नभएको भए त्यो बाढीले सुरुङमा त ठूलो क्षति गथ्र्यो नै, काठमाडांैमा पनि ठूलो क्षति हुने सम्भावना थियो गेट बन्द गरिएकाले अकल्पनीय क्षति हुनबाट मेलम्चीको सुरुङ र उपत्यकाबासी नै जोगिएको विज्ञहरु बताउँछन् ।
करिब २ अर्बको क्षति भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले बताए । ‘हाम्रा आयोजनाहरु विपद् प्रतिरोधी हुनुपर्छ भन्ने पाठ सिकाएको छ यो घटनाले । यदि त्यो दिन मेलम्चीको गेट बन्द नभएको भए धेरै नै क्षति पुग्न सक्थ्यो’, उनले भने।
मेलम्ची समितिका अनुसार शनिबारको बाढीले गरेको क्षती विवरण आउन बाँकी छ। समितिका प्रवक्ता राजेन्द्र पन्तले भने, ‘अहिले आयोजनासँग सम्पर्कविहीन छौं । असार १ को भन्दा ठूलो बाढी आएकाले धेरै क्षति भएको हुन सक्छ । अब मेलम्ची अनिश्चित बनेको छ।’
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आइतबारको बाढीले थप क्षति गरेकाले चिसापानी हुँदै कुटुम्साङ र घोप्टेघ्याङबाट अर्को वैकल्पिक सडकका लागि अध्ययन भैरहेको बताए । उनले भने, ‘प्रसूति, वृद्धवृद्धा र बिरामीलाई अस्पताल पु¥याउन हेलिकप्टरको भर पर्नुपर्ने भएको छ ।’
अध्यक्ष शेर्पा हेलिकप्टरबाट पहिरोको उद्मगस्थल मेलम्ची खानेपानी आयोजनाको मुहान भ्रेमाथाङ पुगेर फर्केका थिए। भ्रेमाथाङको अवस्था अवलोकनपछि उनले भने, ‘अझै एक महिनाभन्दा बढी समय लगातार लेदो माटो बगेर आइरहने अवस्था देखिएको छ ।,र पहिरो रोक्ने वा रोकिने सम्भावना कल्पना गर्न नसकिने देख्यौं ।’

