

ठूलो परिमाणको लागु औषधसहित युवक पक्राउ

सिरहा – प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । सिरहाको नवराजपुर गाउपालिका–५ बस्ने २६ वर्षीय प्रभु नारायण सिंह राजपुत भारी मात्रामा लागूऔषधसहित पक्राउ परेका हुन् ।
सिरहाको लहान नगरपालिका-१ बाट इलाका प्रहरी कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । भारतीय नाका हुँदै लहान आउँदै गरेको को २६ प १८९ नं. को मोटरसाईकल चेकजाँच गर्ने क्रममा राजपूतलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
उनको साथबाट नाइट्रोभेट १० लेखिएको ४ हजार,७ सय ४० वटा ट्याबलेट, डाईजेपाम लेखिएको १ सय ९४ एम्पुल, फेनारगन लेखिएको १ सय ९४ एम्पुल, नाम लेवल नभएको १ सय ९४ एम्पुल, डाईलेक्स डिसी (१०० एक एल) लेखिएको लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्त एवम प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए ।
पक्राउ परेका राजपुत र लागुऔषधसहितको मोटरसाइकल आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यलाय लहानको नियन्त्रणमा रहेको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।

