


आलमलाई सफाइ दिने फैसला गरेका न्यायाधीशलाई मोसो दलियाे

वीरगञ्ज- नेकपा बहुमत निकट कम्युनिस्ट युवा संगठन नेपालका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई इजलासमै मोसो प्रहार गरेका छन्।
ज्यान मुद्दामा नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिने अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै युवा संगठनका कार्यकर्ताहरू इजलासमा पुगेर न्यायाधीश थारुमाथि कालोमोसो दलेका हुन्।
घटना लगत्तै प्रहरीले दुई जना अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
थारुसहितको इजलासले केही दिनअघि पूर्वसांसद आलमलाई प्रमाण अभावमा सफाइ दिएको थियो। उक्त फैसलापछि राजनीतिक तहमा मिश्रित प्रतिक्रिया आउँदै आएका छन्।
प्रहरीले हाल घटनाको अनुसन्धान गरिरहेको जनाएको छ भने अदालत परिसरमा सुरक्षा सतर्कता कडा बनाइएको छ।

