संसदको अवरोध हटाउन मध्यमार्गी उपाय खोज्नुपर्छः माधव नेपाल


काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसदको अवरोध हटाउन मध्यमार्गी उपाय खोज्नुपर्ने बताएका छन्।

सिंहदरबारमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटका क्रममा उनले यस्तो बताएका हुन्।

उनले सदनको अवरोध हटाउन कुनै न कुनै उपाय निकाल्नुपर्ने भएकाले अब बीचको उपाय खोजेर अघि बढ्नुपर्ने बताए।

अध्यक्ष नेपाल र अध्यक्ष दाहालबीच सिंहदरबारमा पछिल्ला समसामयिक राजनीतिक, अख्तियारको मुद्दा, संसदको अवरोधका विषयमा छलफल भएको छ।

अध्यक्ष नेपालले भने, ‘कुनै न कुनै उपाय निकाल्नुपर्छ भन्ने कुरा हो। अख्तियारको बारेमा त प्रधानमन्त्रीकै कुरा आइसकेको छ।’

अख्तियारको मुद्दाबारे सञ्चारकर्मीले गरेको प्रश्नमा अध्यक्ष नेपालले यसबारेमा प्रधानमन्त्रीले नै बोलिसकेका बताए।

 

प्रतिक्रिया