


बाढीले बगायो डाइभर्सन, टुट्यो पूर्व–पश्चिम राजमार्गको सम्पर्क

नवलपुर – पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्किवासमा बिनयी खोलामा बनाइएको डाईभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध बनेको छ।
विनयी खोलाको पुल भाँचिएपछि खोलामाथि डाईभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएपनि बिहीबार बिहान आएको बाढीले डाईभर्सन बगाएपछि राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता मधु नेपालले जानकारी दिए।
डाईभर्सन बगाएपछि यातायातका साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । डाईभर्सन पुनः बनाउने प्रयास भइरहेको जिल्ला प्रहरीको भनाइ छ। यात्रुबाहक सवारी र हल्का सवारी साधनहरूलाई होङ्सी गेटबाट सर्दी हुँदै पठाइएपनि मालबाहक गाडी भने रोकिएका छन्।
विनयी खोलामाथिको पुल भासिएको ५ महिनाभन्दा बढी समय भइसक्दा पनि मर्मत नहुँदा खोलामा डाईभर्सन बनाएर यातायात सञ्चालन गरिएको हो। वर्षा हुनासाथ डाईभर्सन बगाएर यातायात अवरुद्ध हुने गरेको छ।

