क्षेत्रपाटीबाट हुन्डी रकमसहित दुई जना पक्राउ, झण्डै ४० लाख नगद बरामद


काठमाडौं — काठमाडौँको क्षेत्रपाटी क्षेत्रबाट झण्डै ४० लाख रुपैयाँसहित दुई जना व्यक्ति हुन्डी कारोबारमा संलग्न रहेको आशङ्कामा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नुवाकोटका ३५ वर्षीय श्याम खड्का र ओखलढुंगाका ३४ वर्षीय धनबहादुर श्रेष्ठ रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई तलासी गर्दा ३९ लाख ९९ हजार ४ सय नगद फेला परेको हो।

कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार उनीहरू हुन्डी कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया