

आशा लागेको केटो जेठाजु परेपछि…
व्यापारीलाई साक्षी राख्दै आईजीसँग लाइभ कुरा गर्दै ‘स्टन्ट भने स्टन्ट सही’ भन्ने गृहमन्त्रीले रोष्ट्रमबाटै ‘अपराधी’ सांसद पक्रने आदेश दिएर किन अर्को ‘स्टन्ट’ गरेनन् ?

काठमाडौं – ‘आशा लागेको केटो जेठाजु पर्यो’ भन्ने नेपाली उखान पछिल्लो समय ठ्याक्कै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग मिल्दोजुल्दो देखिएको छ ।
लामोसमयसम्म सञ्चारक्षेत्रमा रहेर जनताका समस्याहरुमा प्रत्यक्ष जानकार रहेका उनी संघीय संसद बनेपछि जनताको अपेक्षाअनुरुप कुनै कामकारबाही गर्न सकेका देखिँदैनन् । पहिलो प्रयासमै अपेक्षा गरेभन्दा बढी सफलताले हौसिएका उनी ‘दह्रो बार्गेनिङ’ गर्दै गृहमन्त्रालय सम्हाल्न गए ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग एकैदिन उपप्रधानमन्त्रीको सपथ लिएलगत्तै पहिलो मन्त्रीपरिषद् बैठकमा प्रवक्ताका लागि प्रस्ताव गरिँदा पहिलो प्रस्ताव नै उनले नकारे । लामोसमयसम्म सञ्चारक्षेत्रमा रहेका व्यक्तिलाई छोटोसमयका लागि प्रधानमन्त्रीले गरेको प्रस्ताव गर्नु पक्कै पनि अन्यथा थिएन तर उनी त्यहाँबाट किन पन्छिए ? उनले अस्वीकार गरेपछि प्रचण्ड सरकारको पहिलो मन्त्रीपरिषद्को बैठकले अर्का उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई प्रवक्ताको जिम्मेवारी तोक्यो ।
जुन कर्मबाट अर्थात् सञ्चार क्षेत्रबाट सरकारको जिम्मेवार तहमा पुगेका रविलाई प्रवक्ताको लागि तोकिँदा किन चित्त बुझेन ? शायद उनलाई निर्णय सुनाउँदै गर्दा आफू बरियतामा तल परेको आभाष हुन्छ भनेर होला, त्यो उनै जानुन् ।
पूर्वपेशामा रहँदा जसका कामका बारेमा चर्को आलोचकका रुपमा देखा पर्ने गरेका रवि अहिले आफैं सो स्थानमा रहेका छन् । जोसँग आशा गरिन्छ, त्यसलाई चौतर्फी रुपमा निगरानी गरिएको हुन्छ, त्यस्तै छ रविमा पनि ।
तर, उनी हरेक क्रियाकलापमा ‘आलोचित’ बन्दै आएका छन् । एकातिर नागरिकतासम्बन्धी उनको मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ भने अर्कोतिर मुलुकको शान्तिसुरक्षाको साँचो लिएर बसेका उनले हत्या अभियोग लागेका सांसदसँगै संसद छिर्दाछिर्दै पनि नदेखेको बताइरहँदै गर्दा ‘मातहत’ लाई पटक–पटक मौखिक निर्देशन दिएको भन्दै स्पष्टीकरण दिँदै विज्ञप्ति निकालेका छन् ।
मन्त्री उद्घाटनमै रमाउन चाहेको भए राज्यमन्त्री डा. कार्कीले छाडिदिएको भए के हुन्थ्यो ? न कि, उद्घाटनस्थलमै गएर रिबन थप्न लगाउने ? एउटा ल्याब उद्घाटनका दुई–दुईवटा रिबन काट्नुपर्ने ? कस्तो थिति बसाउलिन् तोसिमाले ?
आफूलाई संसदमा सोधिएको प्रश्नमा नाजवाफ भएपछि मन्त्रालय पुग्नासाथ विज्ञप्ति निकाल्न लगाएका छन् । संसदमा विधि र विधानभन्दै जवाफ दिने बित्तिकै मन्त्रालय पुगेर ‘पटक–पटकको निर्देशन’मा कसरी पुग्यो विधि र विधान ?
गृहमन्त्रालय भनेको मुलुकको हरेक टोल–टोल, गाउँ–गाउँ, गल्ली–गल्लीमा पुगेको एकमात्र सरकारी निकाय हो । मन्त्रालयको नेतृत्व लिँदै गर्दा त्यस कुराको याद गरियो कि गरिएन ?
संसदमा एउटा कुरा गरेर मन्त्रालयमा गएर अर्को निर्देशन दिने ‘विधि’ कति छिटो पूरा गरियो ? कि मातहतको निकाय हो, ‘लेख्दिनौं त’ भन्दै लेखिएको हो ? भारतबाट मासु आयात गरी विक्री गर्ने व्यापारीहरुलाई कडाई गर्न प्रहरी संगठनकै नेतृत्व प्रहरी महानिरीक्षक (आईजी)सँग फोन लाइभ गरेर ‘स्टन्ट’ मार्दै गर्दा संसदको रोष्ट्रमबाटै आईजीलाई फोन गरेर पक्रन आदेश दिएको भए हुँदैनथ्यो ?
नेपाल प्रहरी जस्तो ‘चेन अफ कमाण्ड’मा रहेको संगठनमाथि लहडकै भरमा निर्देशन र आदेश दिँदै गर्दा लामिछानेले अर्को ‘स्टन्ट’ पत्रकारसामू फाले– ‘उपप्रधानमन्त्री हटाउने भए मैबाट सुरु गर्नु ।’
उनी पेशामा रहँदा उनले गरेका हरेक प्रश्न अब रवि सामू तेर्सिने गरेको छ, र भविष्यमा पनि तेर्सिन्छ । त्यसको जवाफ दिने हिम्मत रविले राख्नुपर्छ, न कि कसैलाई ‘दाता’सँग गर्न नसकेको प्रतिवाद प्रश्नकर्तासँग गर्न परोस् । आफूले उपप्रधानमन्त्री माग्दै गर्दा अरुले पनि माग्लान् भन्ने उनले किन सोचेनन् ? पहिलोपटक संसद छिरेको हरेक सांसदले उपप्रधानमन्त्री नै पाउनु पर्ने हो ? उनकै विगतका प्रश्नहरु सञ्चारकर्मीले दोहोर्याउँदै गर्दा ‘घुर्की’ कै भाषामा ‘हटाउने भए मैबाट हटाउनु’ भन्ने उनको अभिव्यक्तिमा कत्तिको घमण्ड मिसिएको छ ? त्यसको लेखाजोखा समयले गर्ला अवश्य नै ।
इन्दिरा रानामगर पदबाट भन्दा पनि कामबाट गौरव गर्ने मान्छे हुन्, त्यसका लागि उनले सञ्चालन गरेका केन्द्रहरूमा गएर हेर्यो भने स्पष्ट हुन्छ, अनि नयाँबजारस्थित उनको कार्यालय गए प्रमाणित हुन्छ । सम्मानका लागि पद नै दिनुपर्ने मान्छे होइनन् शायद इन्दिरा । तर, रवि त्यस मामलामा पनि अर्को आत्मरतिमा रमाइरहेका छन् ।
उनी मात्र नभई उनले मन्त्री बनाएकाहरुको सुरुवाती दिन हेर्दा अझै ‘विरक्त लाग्दो’ छ । मन्त्रालय सम्हालेको पहिलोदिन ‘वैदेशिक रोजगार रोक्छु’ भनेका श्रम मन्त्रीले दुई दिनपछि नै ‘वैदेशिक रोजगार रोक्न असम्भव छ’, भन्दै सार्वजनिक अभिव्यक्ति दिएका छन् । विवादमा परिरहँदा सामाजिक सञ्जालमार्फत् स्पष्टीकरण दिँदै हिँडेका छन् ।
त्यस्तै राज्यमन्त्री डा. तोसिमा कार्की पनि उद्घाटनमै रमाउन थालेको अर्को उदाहरण सञ्चारमाध्यममा यत्रतत्र देखियो । सरकारी अस्पतालमा सञ्चालित ल्याब उद्घाटन गर्नका लागि मन्त्री र राज्यमन्त्रीको लाइन लाग्नु । मन्त्री उद्घाटनमै रमाउन चाहेको भए राज्यमन्त्री डा. कार्कीले छाडिदिएको भए के हुन्थ्यो ? न कि, उद्घाटनस्थलमै गएर रिबन थप्न लगाउने ? एउटा ल्याब उद्घाटनका दुई–दुईवटा रिबन काट्नुपर्ने ? कस्तो थिति बसाउलिन् तोसिमाले ?
संवेदना र भावनाका अभिव्यक्तिहरुका साथ सिधा–सादा जनताको मत लिएर सत्तामा पुग्ने बित्तिकै कुन किसिमको अहमता वा लोभ पैदा भएको हो ? त्यसका लागि सोच्नु पर्ने होइन ?
अनि रविको पार्टीले एउटा निर्णय गर्यो, उपसभामुखमा इन्दीरा रानामगरलाई अगाडि सारे । उनी योग्य हुन्, पक्कै पनि । तर अब संसदमा उनको भूमिका कस्तो हुन्छ त्यो त हेर्न बाँकी नै छ ।
पार्टी अध्यक्षसमेत रहेका लामिछानेले उनलाई बधाई दिँदै सामाजिक सञ्जालमार्फत ‘दुइ हजारभन्दा बढी बालबालिकाकी आमा बनेर उनीहरूलाई हुर्काउनु भएकी इन्दिरा आमा (इन्दिरा राना मगर) जस्तो व्यक्ति, जसलाई विश्वले चिन्दा पनि देशले त्यति चिन्न सकेको थिएन, त्यस्तो व्यक्ति प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित हुनु भएको छ । उहाँले गरेको सत्कर्मका लागी देश र जनता सँधै कृतज्ञ छन् नै , तथापि उहाँलाई शायद कर्म अनुसारको सम्मान दिन सकिएको थिएन । समानुपातिक सूचि हुँदै सासंद र आज उपसभामुख पदमा उहाँ निर्वाचित भइरहँदा,जनताले उहाँलाई उहाँको सत्कर्मको उचित सम्मान गरेको महसुस गर्दैछु । उहाँलाई उपसभामुखमा निर्वाचित गराउनु आफैमा विषेश सम्मान हो, माया हो। जनताको सम्मान र माया उहाँसम्म पुर्याउन राष्ट्रिय स्वतन्त्र पार्टीले पुलको काम गरेको छ । इन्दिरा राना मगर जस्तो व्यक्ति हाम्रो देश नेपालको उपसभामुख बन्नु भएकोमा गौरवान्वित भएको छु, अझ आफूँ नेतृत्वको पार्टीले यसमा विशेष भूमिका खेलेकोमा व्यक्तिगतरूपले पनि छाति चौडा भएको छ ।
नवनिर्वाचित उपसभामुखज्युलाई बधाई एवं सफल कार्यकालको शुभकामना ।’ यसबाट उनी पनि एउटा के कुराबाट ग्रसित र गौरव गर्ने रहेछन् भने कुनै व्यक्तिलाई सम्मान गर्नका लागि पद नै सुम्पिनु पर्ने रहेछ भन्ने । शायद इन्दिरा रानामगर पदबाट भन्दा पनि कामबाट गौरव गर्ने मान्छे हुन्, त्यसका लागि उनले सञ्चालन गरेका केन्द्रहरूमा गएर हेर्यो भने स्पष्ट हुन्छ, अनि नयाँबजारस्थित उनको कार्यालय गए प्रमाणित हुन्छ । सम्मानका लागि पद नै दिनुपर्ने मान्छे होइनन् शायद इन्दिरा । तर, रवि त्यस मामलामा पनि अर्को आत्मरतिमा रमाइरहेका छन् ।
रवि लामिछाने अहिले उपप्रधानमन्त्री एवं गृहमन्त्री मात्र होइनन् उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत हुन् । उनका पार्टीका हरेक नेता, कार्यकर्ता वा सदस्यले गरेका क्रियाकलापमा उनी जवाफदेही बन्नुपर्छ ।

