प्रतिनिधिसभाको बैठक सर्‍याे


काठमाडौं-  निर्धारित समयमा सुरु हुन नसकेको प्रतिनिधिसभाको बैठक सारिएको छ। बिहान ११ बजेका लागि तय गरिएको बैठक तोकिएको समयमा बस्न नसकेपछि दुई घण्टा ढिलो गरी दिउँसो २ बजेका लागि सारिएको हो।

दुई घण्टासम्म पनि बैठक सुरु हुन नसकेपछि संघीय संसद् सचिवालयले बैठक समय परिवर्तन गरिएको सूचना जारी गरेको हो।

सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम २ बमोजिम सभामुखले बैठकको समय परिवर्तन गरेको उल्लेख छ।

सूचनामा भनिएको छ, “बुधबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले सभामुखज्यूको निर्देशनअनुसार आजै दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको छ।”

प्रतिक्रिया