बोल्न समय नपाएपछि श्रम संस्कृति पार्टीका सांसदले गरे बेल घेराउ


काठमाडौं-  श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठकमा नाराबाजी गर्दै बेल घेराउ गरेका छन्।

बैठकमा बोल्न समय नपाएको भन्दै उनीहरूले सभामुखको कार्यशैलीप्रति प्रश्न उठाएका हुन्।

संसद् बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गर्ने तयारी भइरहेका बेला श्रम संस्कृति पार्टीका सांसदहरूले आफूहरूलाई बोल्न अवसर नदिइएको भन्दै असन्तुष्टि जनाएका थिए।

पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सभामुखसँग बोल्न समय माग गरे पनि समय नदिइएको उनीहरूको आरोप छ। तर, अन्य दलका सांसदलाई बोल्न समय दिइएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरू आक्रोशित भएका थिए।

त्यसपछि उनीहरू वेल घेरेर नाराबाजीमा उत्रिएका थिए।

प्रतिक्रिया