‘महिलाप्रति कार्यालयमा औपचारिक भाषा प्रयोग हुनुपर्छ’


पछिल्ला दिनमा सञ्चारमाध्यम लगायतका सामाजिक सञ्जालमा पनि महिलाप्रतिको धारणा नकारात्मक राख्ने गरेका तथ्यहरु बाहिरिइरहेका छन् । संविधानले महिला र पुरुषलाई समान गरे पनि व्यवहारतः लागू हुन सकेको छैन । २१ औं शताब्दीमा आएर अहिले पनि महिलाहरुले पुरुषहरुबाट अनपेक्षित विभेद भोग्नु परिरहेको छ ।

प्रतिस्पर्धामा योग्य तथा दक्ष भएर कार्यस्थलसम्म आईपुग्दा त्यहाँ महिलालाई लिङ्गका आधारमा गरिने तिमि/तँ जस्ता संबोधन लैङ्गिक विभेद हो। त्यसैले कार्यस्थल वा अन्यत्र लिङ्गको आधारमा हुने कुनै पनि विभेदलाई म “NO”  भन्छु।

नेपालको संविधान २०७२ ले “समानताको सिद्धान्त र मौलिकहकको धारा १८ मा सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन्। कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन । राज्यले नागरिकहरुका बीच उत्पत्ति, धर्म, वर्ण, जात जाती, लिंग आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन” भनि स्पष्ट ब्याख्या गरेको छ ।

यस राष्ट्रका जिम्मेवार पुरुषहरुमा यो कुराको बुझाई हुन त्यसलाई व्यबहारमा उतार्नु अत्यावश्यक छ । अझ राष्ट्र तथा समाजका महत्वपुर्ण पद र जिम्मेवारीमा रहेका जो कोहि व्यक्तिले पनि आफुलाई समयको आवश्यकतासँगै Update गर्न अत्यन्त जरुरी छ। कार्यालयमा औपचारिक भाषा र संबोधनको प्रयोग हुनुपर्छ ।

यस राष्ट्रका सम्पूर्ण पुरुषहरु जसले यस्ता विभेदपूर्ण व्यवहार गर्नु हुन्छ उहाँहरुलाई मेरो एक प्रश्न: तपाईहरुलाई यो अधिकार कसले र कसरी दियो?  कि महिला कर्मचारीहरुले हामी पुरुषसरह योग्य छौ र हामी पनि पुरुष बराबरको सम्मानजनक व्यवहारको लायक छौ भनेर कि अर्को कुनै परीक्षा दिनु आवश्यक छ ? यो मेरो व्यक्तिगत बुझाई मात्रै होइन मैले मेरो ‘everyday life ’ मा अनुभुति गरेको कुरा हो। अन्य महिला दिदीबहिनीहरु, के तपाईले पनि यस्तो महसुस गर्नु भएको छैन।

प्रतिक्रिया