आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटः नेपाल र बहराइन भिड्दै


काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल र बहराइनको खेल आज हुँदैछ।

थाइल्यान्डको तर्डथाई क्रिकेट ग्राउन्डमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ। यसअघि नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो।

यस्तै नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। मङ्गलवार भएको अर्को खेलमा भने नेपाल हङकङसँग ७ विकेटले पराजित भएको थियो।

महिला टी–२० विश्वकप एशिया छनोटमा ९ वटा टिम सहभागी छन्। नेपाल, बहराइन र हङकङ समूह ‘सी’ मा छन्। यस्तै समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेसिया, कतार र यूएई छन्।

प्रतियोगितामा हरेक समूहका शीर्ष टोली ‘सुपर थ्री’ मा पुग्नेछन्। ‘सुपर थ्री’ मा शीर्ष २ मा रहने टोली ग्लोबल छनोट चरणमा पुग्नेछन्।

 

प्रतिक्रिया