भारतीय वनमन्त्री यादव नेपालमा


काठमाडौं- भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल आएका छन् ।

सगरमाथा संवादमा भाग लिग बिहीबार दिउँसो भारतीय वनमन्त्री यादव काठमाडौं आइपुगेका हुन् । सगरमाथा संवादमा सहभागी हुन भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री यादव नेपाल आएका हुन् ।

मन्त्री यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए । सगरमाथा संवाद २ देखि ४ जेठसम्म काठमाडौंमा हुँदै छ ।

प्रतिक्रिया