रेशम चौधरी थुनाउने महिमानसिंहलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं— सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टलाई अदालतले थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरी कारावासमा राख्न लेखिएको पत्र प्रकरणमा उनी वैशाख १७ गते पक्राउ परेका थिए।

विष्टले लेखेको उक्त पत्रलाई सर्वोच्च अदालत प्रशासनले ‘अनधिकृत’ ठहर गरेपछि उनी आफैँ अनुसन्धानको घेरामा परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंले उनको विरुद्ध लिखत किर्ते (कागजातकी नक्कलीकरण) मुद्दामा अनुसन्धान गरिरहेको छ।

डिल्लीबजार कारागार र प्रहरीलाई चौधरीलाई नियन्त्रणमा लिन निर्देशन दिँदै लेखिएको पत्रकै आधारमा चौधरी पक्राउमा परेका थिए। तर, त्यसको वैधानिकता विवादित बनेपछि पत्र जारी गर्ने अधिकृत विष्टमाथि नै अनुसन्धान सुरु भएको हो।

प्रतिक्रिया