

सांसद मोहन बस्नेतको पद स्वतः निलम्बनमा

काठमाडौं- नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहन बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको छ। टेरामक्स खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन अर्ब २१ करोड रुपैयाँभन्दा बढी बिगो र कैद सजाय माग गर्दै भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेपछि उनको पद निलम्बनमा परेको हो।
भ्रष्टाचार निवारण ऐन, २०५८ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार सार्वजनिक पदमा बसेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएमा सो व्यक्तिको पद स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था छ।
अख्तियारले बस्नेतसहित अन्य १५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दै सार्वजनिक सम्पत्तिमा ठूलाे आर्थिक हानी पुर्याएको आरोपमा कारबाही प्रक्रिया अघि बढाएको हो।

