

यी हुन् कतार विश्वकप खेलाइने रंगशाला

काठमाडौं- कतारमा नोभेम्बर २० देखि आयोजना हुने फिफा विश्वकप ८ वटा रंगशालामा हुँदैछ । भव्यरुपमा तयार पारिएका अधिकांश रंगशाला विश्वकप सकिएपछि दर्शक क्षमता घटाइने कतारले जनाएको छ ।
प्रत्येक रंगशालामा कतारको संस्कृति र परम्परा झल्काइएको छ । हेरौं, विश्वकप हुने कतारका ८ रंगशाला कुन कस्ता छन् त ?
१. अल बायत रंगशाला
क्षमता– ६० हजार
स्थान– अल खोर सिटी, सेन्ट्रल दोहाबाट ३५ किलोमिटर उत्तर
डिजाइनरः दरअल–हन्डसाह
–२० नोभेम्बर, कतारविरुद्ध इक्वेडर
–२३ नोभेम्बर, मोरोक्कोविरुद्ध सेनेगल
–२५ नोभेम्बर, इङ्ल्यान्डविरुद्ध अमेरिका
–२७ नोभेम्बर, स्पेनविरुद्ध जर्मनी
–२९ नोभेम्बर, नेदरल्यान्ड्सविरुद्ध कतार
–१ डिसेम्बर, कोष्टारिकाविरुद्ध जर्मनी
–४ डिसेम्बर, अन्तिम–१६– समूह ‘बी’को विजेताविरुद्ध समूह ‘ए’को उपविजेता
–१० डिसेम्बर, क्वार्टरफाइनल– खेल ५१ को विजेताविरुद्ध खेल ५२ को विजेता
–१४ डिसेम्बर, सेमिफाइनल– खेल ५९ को विजेताविरुद्ध खेल ६० को विजेता
यस रंगशालाले फिफा विश्वकप २०२२ को उद्घाटन खेलको आयोजना गर्नेछ । यस रंगशालाको स्केच तयार हुनेबेला नै उद्घाटन गर्ने निर्णय भएको थियो ।
विश्वका अथितिलाई स्वागत गर्न कतारले रंगशालालाई आफ्नो संस्कृतिको झल्को दिने स्वरुपमा ढालेको छ ।
कतारका घुमन्ते मानिसहरू (बेत अल शार) पहिले पहिले मरुभूमिमा पाल टाँगेर बस्थे । त्यही समूदायको नामबाट यस रंगशालाको नामाकरण गरिएको छ ।
यो रंगशाला त्यही पालभित्र बनाइएको जस्तो देखिने गरी बनाइएको छ । अल बेत स्टेडियम विकासको दिगोपनमा जोड दिइएको छ ।
रंगशाला रहेको स्थान अल खोर वरपर थुप्रै पार्कहरू, तालहरू र संरक्षित ग्रीनबेल्ट बनाइएको छ । यस रंगशालामा विश्वकपको सेमिफाइनल लगायतका ९ खेल हुनेछन् ।
२. अहमेद बिन अलि रंगशाला
क्षमताः ४० हजार
स्थानः सेन्ट्रल दोहाबाट २० पश्चिम
डिजाइनरः रमबोल
–२१ नोभेम्बर, अमेरिकाविरुद्ध वेल्स
–२३ नोभेम्बर, बेल्जियमेविरुद्ध क्यानडा
–२५ नोभेम्बर, इङ्ल्यान्डविरुद्ध अमेरिका
–२७ नोभेम्बर, जापानविरुद्ध कोष्टारिका
–२९ नोभेम्बर, वेल्सविरुद्ध इङ्ल्यान्ड
–१ डिसेम्बर, क्रोएसियाविरुद्ध बेल्जियम
–३ डिसेम्बर, अन्तिम–१६– समूह ‘सी’को विजेताविरुद्ध समूह ‘डी’को उपविजेता
अल रायनमा रहेको यस स्टेडियमलाई पुन:निर्माण गरिएको हो । यस रंगशाला रहेको स्थान कतारको सबैभन्दा ऐतिहासिक स्थल हो ।
साथै कतारको सबैभन्दा सफल क्लब अल रायन एससीको घरेलु मैदान पनि हो । यस रंगशालामा प्रयोग गरिएको ९० प्रतिशतभन्दा बढी बस्तुहरू पुनः प्रयोग गर्न सकिने बताइएको छ ।
यो रंगशाला र एजुकेशन सिटी रंगशालालाई एउटा मेट्रो स्टेसनले छुट्याउछ । यो रंगशाला स्थानीय संस्कृति र परम्पराका पक्षहरूलाई प्रतिविम्बित गर्ने गरी डिजाइन गरिएको छ ।
यो रंगशालामा विश्वकपका अन्तिम–१६ का एकसहित जम्मा सात वटा खेल हुनेछन् ।
३. अल जानौब रंगशाला
क्षमता : ४० हजार
स्थान : सेन्ट्रल दोहाबाट २२ किलोमिटर दक्षिण
डिजाइन : एईकोम र जहा हादिद आर्किटेक्ट
–२२ नोभेम्बर, फ्रान्सविरुद्ध अष्ट्रेलिया
–२४ नोभेम्बर, स्विट्जरल्यान्डविरुद्ध क्यामरुन
–२६ नोभेम्बर, ट्युनेसियाविरुद्ध अष्ट्रेलिया
–२८ नोभेम्बर, क्यामरुनविरुद्ध सर्विया
–३० नोभेम्बर, अष्ट्रेलियाविरुद्ध डेनमार्क
–१ डिसेम्बर, घानाविरुद्ध हंगेरी
–५ डिसेम्बर, अन्तिम–१६– समूह ‘ई’को विजेताविरुद्ध समूह ‘एफ’को उपविजेता
यो रंगशाला अल वक्राहमा रहेको छ । जुन स्थान कतारको पुरानो सहर मध्येको एक हो । इतिहासमा धनी शहर मानिन्छ ।
अब भने यस शहरले संसारलाई सुन्दर खेलका लागि बनाइएको सबैभन्दा अनौठो रंगशालमा स्वगत गर्नेछ । र त्यसका लागि अल जानौब रंगशाला दृढतापूर्वक उभिएको छ ।
यो रंगशाला कतारको परम्परागत ढो डुङ्गामा हावाले भरिएको पाललाई प्रतिबिम्बित गर्दछ । त्यस्तै अल वक्राहको माछा मार्ने र मोतीको खोजी गर्ने विगतलाई पनि झल्काइएको छ ।
विश्वपछि यस रंगशालाको माथिल्लो भागमा प्रयोग भएका सिटहरू संसारका अन्य खेलकुद परियोजनाहरूलाई प्रदान गरिनेछ । र यस रंगशालाको क्षमता घटाइनेछ । रंगशाला वरिपरि अन्य खेलकुद र मनोरञ्जन सुविधाहरू र पार्क पनि बनाइएको छ ।
यस रंगशालामा अमिर कप तथा सन् २०२० मा एएफसी च्याम्पियन्स लिगको पनि फाइनल खेल भएको थियो । विश्वकपमा यस रंगशालाले अन्तिम–१६ को एकसहित कुल सात खेल आयोजना गर्नेछ ।
४. अल थुमामा रंगशाला
क्षमता : ४० हजार
स्थान : सेन्ट्रल दोहाबाट १२ किलोमिटर दक्षिण
डिजाइनर : अरब इन्जिनियरिङ ब्युरो
–२१ नोभेम्बर, सेनेगलविरुद्ध नेदरल्यान्ड्स
–२३ नोभेम्बर, स्पेनविरुद्ध कोष्टारिका
–२५ नोभेम्बर, कतारविरुद्ध सेनेृगल
–२७ नोभेम्बर, बेल्जियमविरुद्ध मोरोक्को
–२९ नोभेम्बर, इरानविरुद्ध अमेरिका
–१ डिसेम्बर, क्यानडाविरुद्ध मोरोक्को
–४ डिसेम्बर, अन्तिम–१६– समूह ‘डी’को विजेताविरुद्ध समूह ‘ई’को उपविजेता
–१० डिसेम्बर, क्वार्टरफाइनल– खेल ५५ को विजेताविरुद्ध खेल ५७ को विजेता
यो रंगशालाले अरबका मुलुकमा परम्परागत रुपमा लगाइने बुनेर बनाइने टोपी ’गफिया’ बाट प्रभावित भएर डिजाइन गरिएको छ । यसले कतारको संस्कृति र परम्परालाई झल्काउँछ ।
रंगशाला कतारको एक महत्व स्थान छ । जुन स्थानीयहरूको हृदयको नजिक छ । अन्तर्राष्ट्रिय फुटबल समर्थकहरूले अल थुमामा रंगशालाको पहिलो झलक माथिबाट पाउन सक्छ । किनकि धेरै अन्तर्राष्ट्रिय उडानहरू रंगशालाको माथिबाट आउने गर्छन् ।
रंगशालाको चम्किलो सेतो बाहिरी भाग रमणीय हरियो परिवेशको बीचमा उभिएको छ । विश्वकपमा यस रंगशालामा क्वार्टरफाइनलसहितका ८ खेलहरु हुनेछन् ।
५. एजुकेसन सिटी रंगशाला
क्षमता : ४० हजार
स्थान : अल रायन, सेन्ट्रल दोहाबाट ७ किलोमिटर उत्तरपश्चिम
डिजाइनर : फेनविक इरिबेरेन आर्किटेक
–२२ नोभेम्बर, डेनमार्कविरुद्ध ट्युनेसिया
–२४ नोभेम्बर, उरुग्वेविरुद्ध दक्षिण कोरिया
–२६ नोभेम्बर, पोल्यान्डविरुद्ध साउदी अरेबिया
–२८ नोभेम्बर, दक्षिण कोरियाविरुद्ध घाना
–३० नोभेम्बर, ट्युनेसियाविरुद्ध फ्रान्स
–२ डिसेम्बर, दक्षिण कोरियाविरुद्ध पोर्चुगल
–६ डिसेम्बर, अन्तिम–१६– समूह ‘एफ’को विजेताविरुद्ध समूह ‘ई’को उपविजेता
– ९ डिसेम्बर, क्वार्टरफाइनल– खेल ५३ को विजेताविरुद्ध खेल ५४ को विजेता
यस रंगशालालाई हिराको जस्तै आकार दिइएको छ । हिरा जस्तो ज्यामितीय ढाँचामा रहेको यस रंगशालामा सूर्यको गतिसँगै आफ्नो रङ परिवर्तन भएको देखिन्छ ।
एजुकेशन सिटी रंगशाला एक असाधारण स्थल हो । यो अरब र बाहिरका विद्यार्थी र शिक्षाविद्हरूका लागि गतिशील सिकाइ केन्द्रको रूपमा रहेको छ ।
यसको नामले पनि त्यसलाई सम्बोधन गरिएको छ । यस रंगशाला रहेको स्थानलाई शिक्षा, सिकाइ र ज्ञानको जीवन्त केन्द्र मानिन्छ । रंगशालासँगै रहेका विश्वविद्यालयहरूले नयाँ विचारहरू, अत्याधुनिक अनुसन्धानका कथाहरू, दूरदर्शी प्रतिभा र नवीनता व्यक्त गर्दछ ।
हिराजस्तै यस रंगशालाको डिजाइनले गुणस्तर, स्थायित्वलाई प्रतिनिधित्व गर्दछ । र यो देशका लागि भविष्यको बहुमूल्य चीज बन्नेछ ।
यस रंगशालामा क्वार्टरफाइनलसहित आठ खेल हुनेछ । पछिल्लो समय यस रंगशशालामा एएफसी च्याम्पियन्स लिगको पश्चिम क्षेत्रका खेलहरु आयोजना गरेको थियो ।
६. खालिफा इन्टरनेसनल रंगशाला
क्षमता : ४० हजार
स्थान : अस्पायर, सेन्ट्रल दोहाबाट ५ किलोमिटर पश्चिम
–२१ नोभेम्बर, इङ्ल्यान्डविरुद्ध इरान
–२३ नोभेम्बर, जर्मनीविरुद्ध जापान
–२५ नोभेम्बर, नेदरल्यान्ड्सविरुद्ध इक्वेडर
–२७ नोभेम्बर, क्रोएसियाविरुद्ध क्यानडा
–२९ नोभेम्बर, इक्वेडरविरुद्ध सेनेगल
–१ डिसेम्बर, जापानविरुद्ध स्पेन
–३ डिसेम्बर, अन्तिम–१६– समूह ‘ए’को विजेताविरुद्ध समूह ‘बी’को उपविजेता
–१७ डिसेम्बर, तेस्रो स्थानको लागि
यो रंगशाला १९७६ मै स्थापना भएको हो । यस रंगशालाको उद्घाटन गरेदेखि नै खेलकुदका सम्झनलायक ठुला ठुला प्रतियोगिताहरू आयोजना गरिसकेको छ ।
वास्तवमा यो रंगशालाको उल्लेख नगरी विरलै मात्रै कतारका फुटबल तथा एथलेटिक्स खेलको बयान गरिएको हुन्छ ।
त्यसकारण स्वाभाविक रूपमा यस रंगशालालाई फिफा विश्वकपका लागि पुर्ननिर्माण गरियो । २०१७ मा पुन उद्घाटन गर्दा यस रंगशालाले अमिर कपको फाइनल खेल आयोजना गर्यो ।
नयाँ तहमा १२ हजार सिट थपियो । डिजिटल प्रकाश र आधुनिक स्वरुपले रंगशालमा नयाँ चमक ल्यायो ।
यसअघि अरेबियन गल्फ कप, फिफा क्लब विश्वकप र आईएएएफ विश्व एथलेटिक्स च्याम्पियनसिप आयोजो गरिसकेको यस रंगशाला अब संसारको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता आयोजना गर्न तयार छ । विश्वकपमा यस रंगशालाले तेस्रो स्थानका लागि हुने खेलसहित आठ खेलको आयोजना गर्नेछ ।
७. लुसेल रंगशाला
क्षमता :– ८० हजार
स्थान :– सेन्ट्रल दोहाबाट २० किलोमिटर उत्तर
डिजाइनर : फोस्टर + पार्टनर्स
–२२ नोभेम्बर, अर्जेन्टिनाविरुद्ध साउदी अरेबिया
–२४ नोभेम्बर, ब्राजिलविरुद्ध सर्विया
–२६ नोभेम्बर, अर्जेन्टिनाविरुद्ध मेक्सिको
–२८ नोभेम्बर, पोर्चुगलविरुद्ध उरुग्वे
–३० नोभेम्बर, साउदी अरेबियाविरुद्ध मेक्सिको
–२ डिसेम्बर, क्यामरुनविरुद्ध ब्राजिल
–५ डिसेम्बर, अन्तिम–१६– समूह ‘एच’को विजेताविरुद्ध समूह ‘जी’को उपविजेता
– ९ डिसेम्बर, क्वार्टरफाइनल– खेल ४९ को विजेताविरुद्ध खेल ५० को विजेता
–१३ डिसेम्बर, सेमिफाइनल– खेल ५७ को विजेताविरुद्ध खेल ५८ को विजेता
–१८ डिसेम्बर, फाइनल
८० हजार क्षमताको लुसेल स्टेडियमले कतारको महत्वकांक्षालाई मूर्त रुप दिएको छ । साथै अरबको संस्कृतिलाई दुनियाँमाझ प्रस्तुत गर्ने उसको उत्कृष्ट चाहनालाई पनि ।
यस उत्कृष्ट रंगमञ्चको डिजाइन प्रकाश र छायाँको मिश्रणबाट प्रेरित छ । जसले फनार लालटेनको विशेषता झल्काउँछ ।
बाहिरबाट हेर्दा यस रंगशाला हातले बनाइएको बटुको जस्तो देखिन्छ । जुन अरब र इस्लामिक मुलुकमा मानव सभ्याताको विकास हुँदा प्रयोग गरिन्थ्यो ।
यो स्थान नवनिर्मित, अत्याधुनिक महानगर लुइसको केन्द्रबिन्दु पनि बन्ने छ ।
जुन त्यहाँका बासिन्दाहरूको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो । यसै रंगशालामा विश्वकप २०२२ को फाइनल खेल आयोजना गर्नेछ । यस रंगशालाले विश्वकपका फाइनलसहित १० खेलको आयोजना गर्नेछ ।
८. स्टेडियम ९७४
दर्शक क्षमता : ४०,००
स्थान : सेन्ट्रल दोहाबाट १० किलोमिटर पूर्व
डिजाइनर : फेनविक इरिबारेन
–२२ नोभेम्बर मेक्सिकोविरुद्ध पोल्यान्ड
–२४ नोभेम्बर पोर्चुगलविरुद्ध घाना
–२६ नोभेम्बर फ्रान्सविरुद्ध डेनमार्क
–२८ नोभेम्बर ब्राजिलविरुद्ध स्विट्रल्यान्ड
–३० नोभेम्बर पोल्यान्डविरुद्ध अर्जेन्टिना
–२ डिसेम्बर सर्वियाविरुद्ध स्विट्जरल्यान्ड
–५ डिसेम्बर अन्तिम–१६ समूह ‘जी’को विजेताविरुद्ध समूह ‘एच’को उपविजेता
यो रंगशाला स्ट्यान्डर्ड सर्टिफाइड सिपिङ कन्टेनर र मोडुलर स्टिल सामाग्रीको प्रयोग गरेर बनाइएको हो । त्यसकारण यस रंगशालाले पहिलो खेल आयोजना गर्नु अघि नैै इतिहास रचिसकेको छ । यो पूर्ण रुपमा अलग अलग गर्न योग्य पहिलो रंगशाला हो ।
यो रंगशाला कतारको यूनिक स्थानमा रहेको छ । जुन स्थानले कतारको विश्वव्यापी व्यापार र समुद्री यात्राको लामो समयदेखि चलिरहेको परम्परालाई झल्काउँछ ।
रंगशालाको नाम ९७४ राखिएको छ । जुन कतारको लागि अन्तर्राष्ट्रिय डायलिङ कोड मात्र होइन, यो निर्माणमा प्रयोग भएको ढुवानी कन्टेनरहरूको सही संख्या पनि हो ।
बन्दरगाह क्षेत्रमा अवस्थित र दोहाको तटीय सहरको दृश्यसहित समर्थकले स्टेडियम ९७४ मा अरबी खाडीबाट भित्रिने चिसो हावाको अनुभव समेत गर्नेछन् ।
प्रतियोगिता सम्पन्न भएपछि रंगशालामा प्रयोग भएका कन्टेनर र सुपर–स्ट्रक्चर पुनः प्रयोग गर्न सकिने जनाइएको छ ।
समून्द्री तट नजिक बनाइएको यो विशाल संरचनाले विकासको अनुपम नमुना पनि पेश गरेको छ । विकासमा प्रयोग गरिएको यो नयाँ अवधारणाले स्टेडियम ९७४ को भौतिक उपस्थिति अस्थायी हुन सक्छ तर यसको विरासत अनन्त रहनेछ ।

