
नेदरल्यान्ड्सविरुद्ध नेपाल ब्याटिङमा, नन्दन यादवको डेब्यू
काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको चौथो श्रृङ्खलामा अहिले नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा यो खेल जारी छ । टस हारेको नेपालले ब्याटीङको निम्तो पाएपछी अहिले ब्याटीङ गरिरहेको छ । आजको खेलका लागि नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ । आसिफ शेख, गुलशन झा र सोमपाल कामीको सट्टा नन्दन यादव, बसिर अहमद र अनिल साहलाई मौका दिइएको छ । नन्दनको यो डेब्यू खेल हो ।
यस श्रृखलामा नेपालले चार अङ्क जोडेको छ। पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको थियो।
हालसम्म नेपाल र नेदरल्यान्ड्सबीच भएको एकदिवसीय अन्तर्राष्ट्रियमा ६ खेल भएका छन् । जसमा नेपालले ३ खेलमा जित हासिल गरेको छ भने ३ खेलमा नेदरल्यान्ड्सले जित दर्ता गरेको छ ।।



कागजपत्र |
