


आईसीसी लिग–२: नेपाललाई फेरि लक्ष्य पछ्याउने मौका

काठमाडौं- आईसीसी लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपाल फेरि पनि पहिले फिल्डिङ गर्ने भएको छ। टस जितेको स्कटल्याण्डले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिने निर्णय भएको हो।
यसअघि भएका दुवै खेलमा पनि नेपालले पहिले फिल्डिङ गर्दै लक्ष्य पछ्याएको थियो। पहिलो खेलमा स्कटल्याण्डले दिएको कीर्तिमानी २९७ रनको लक्ष्य नेपालले सफलतापूर्वक पूरा गरेको थियो।
त्यसैगरी, दोस्रो खेलमा नेदरल्याण्ड्सले दिएको २२६ रनको लक्ष्य पनि नेपालले सहज रूपमा हासिल गरेको थियो।

