एफसी एसियन कप छनोटः नेपालले लाओससँग खेल्दै


काठमाडौं – एफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज लाओससँग खेल्दैछ ।

नेपाल र लाओसबीचको खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे न्यु लाहो स्टेडियममा सुरु हुनेछ।

घरेलु टोली लाओसविरुद्धको खेललाई सामान्य रुपमा नलिएको नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रोसले बताए।

लाओस घरेलु टोलि भएकोले कुनै गल्ती गर्न नहुने प्रशिक्षक रोसले प्रि कन्फ्रेन्समा बताएका हुन्। उनले घरेलु मैदानमा लाओसले केही फाइदा लिन सक्ने हुनाले पनि आफूहरु सचेत रहेको बताए।

समूह एफमा रहेका नेपाल र लाहोस दुवैले छनोटको पहिलो खेलमा हार व्यहोरेका थिए। दुवै टोली अंक जोड्ने लक्ष्यमा हुनेछन्। नेपाल अहिलेसम्म लाओस नहारेकोले यो खेल जित्दै छनोटमा अंक जोड्ने योजनामा छ।

नेपाल र लाओसबीच अहिलेसम्म ६ खेल भएकोमा ४ खेल नेपालले जितेको छ भने २ खेल बराबरीमा सकिएको छ।

नेपालले लाओसँग खेल्नुअघि हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो। हङकङलाई गोलरहित बराबरीमा रोकेर नेपाली टोली लाओस पुगेको हो।

साउदी अरबमा सन् २०२७ मा हुने एसियन कपका लागि अहिले भइरहेको छनोट तेस्रो तथा अन्तिम चरणको छनोट हो। जहाँ नेपालले आफ्नो दोस्रो अवे खेल खेल्नेछ। यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग २–० र लाओस भियतनामसँग ५–० ले पराजित भएको थियो।

 

प्रतिक्रिया