

डिबाला र डी मारियालाई समेट्दै अर्जेन्टिनाको टोली घोषणा

काठमाडौं- फरवार्ड पाउलो डिबाल र मिडफिल्डर एन्जल डी मारियालाई समेट्दै अर्जेन्टिनाले फिफा विश्वकप–२०२२ का लागि राष्ट्रिय टिम घोषणा गरेको छ ।
अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले घोषणा गरेको २६ सदस्यीय टिममा फिटनेसकै कारण द्विविधामा रहेका एन्जल डी मारिया र पाउलो डिबालालाई समावेश गर्दा ह्यामस्ट्रिङमा चोट बोकेका मिडफिल्डर जियोभानी लो सेल्सो भने परेनन् ।
हाल लोनमा भियारियालबाट खेलिरहेका लो सेल्सोको ह्यामस्ट्रिङमा गम्भीर चोट लागेको थियो । यसको शल्यक्रिया गर्नुपर्ने भएसँगै लो सेल्सो अर्जेन्टिनी टिममा पर्न असफल भएका हुन् ।
अर्जेन्टिना नोभेम्बर २० देखि कतारमा सुरु हुने विश्वकपको समूह ‘सी’ मा छ । यो समूहमा अर्जेन्टिनासँगै मेक्सिको, पोल्यान्ड र साउदी अरेबिया छन् । अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । सन् २०१४ को विश्वकपमा फाइनलसम्म पुगेको अर्जेन्टिना २०१८ भने अन्तिम १६ बाट बाहिरिएको थियो ।
अर्जेन्टिनाको टिम :
गोलकिपर : इमिलियानो मार्टिनेज (एस्टन भिल्ला), जेरोनिमो रुली –भियारियाल), फ्रान्को अर्मानी (रिभर प्लेट)
रक्षक : नहुएल मोलिना (एट्लेटिको मड्रिड्र), गोन्जालो मोन्सियल (सेभिया), क्रिस्टियन रोमेरो (टोटनहम), निकोलस ओटामेन्टी (बेन्फिका), जर्मन पेजेला (रियाल बेटिस), लिसान्ड्रो मार्टिनेज (म्यानचेस्टर युनाइटेड), मार्कोस एकुना (सेभिया) निकोलस टाग्लियाफिगो (लियोन), जुआन फोथ (भियारियाल)
मिडफिल्डर : रोड्रिगो डी पाउल (एट्लेटिको मड्रिड), लिसान्ड्रो पाराडेज (युभेन्ट्स), एलेक्सिस माक एलिस्टर (ब्राइटन), गुइडो रोड्रिगेज (रियाल बेटिस), पापु गोमेज (सेभिया), एन्जो फर्नान्डेज (बेन्फिका), एक्जेकुयल पालासियोस (बायर्न लिभरकुजेन)
फरवाड : एन्जल डी मारिया (युभेन्टस), लौटोरो मार्टिनेज (इन्टर मिलान), जुलियन अल्भारेज (म्यानचेस्टर सिटी), निकालेस गोन्जालेस (फियोरेन्टिना), जोएक्युन कोरिया (इन्टर मिलान), पाउलो डिबाला (रोमा), लियोनल मेसी (पेरिस सेन्ट जर्मन)

