प्रचण्ड महाभूलको परिणाम भोग्दैछन्, भोग्न बाँकी हुन सक्छ!


चित्त दुख्न सक्छ! मुटु पोल्न सक्छ! अपेक्षाहरू, आकांक्षाहरू आर्यघाटतिरको यात्रामा लागेका बेला कसैले सत्य भनिदियो भने त्यो पनि तितो लाग्नसक्छ! नमिठो लाग्छ। अत्याएको जस्तो लाग्छ।

एउटा क्रान्तिकारी छलाङ मारेको नेताको राजनीतिक ओरालोयात्रा साह्रै दयनीय र पीडादाय हुन्छ। त्यसको कारक अरु कोही, दोषी अन्यत्र कतै खोज्नु पर्दैन। यी राजनीतिक नियात्राका क्रममा आफूले गरेका कर्म र त्यसको प्रभावको बोझले थिचेर ल्याएको परिणाम नै हुन्छन्।

जब शक्तिको उचाँईमा हुन्छ, मान्छे- मैमत्ता हुन्छ। कसैको कुरो सुन्दैन। सुनिहाले पनि ए हो? भन्छ पछाडि यस्ताले सुझाव दिने? भन्ने अहंकार पाल्छ। यो अहंकारको जालो बडो भयानक हुन्छ। राजनीतिमा त झनै बढी हुन्छ। यसले गर्ने क्षती झनै डरलाग्दो हुन्छ।

कुरो नेकपाकै हो। डब्बल नेकपाको। त्यसभित्र पनि प्रचण्डको सेरोफेरोको।

प्रचण्ड निरन्तर शक्ति केन्द्रको विन्दुमा थिए। डा. बाबुराम भट्टराईले जीवनकालमा अध्ययनमा कहिल्यै दोस्रो हुने अनुभव पाएनन्, उनलाई विवेकमाथि गर्व थियो तर प्रचण्डले राजनीतिक संगठनकका रुपमा कहिले पनि दोस्रो भएनन् त्यसैले उनलाई सबैभन्दा माथि रहनुको अहंकार, आशक्ति वा लत स्वभाविक हुने भयो।

अहिले नेकपा भएपछि जुन प्रकारले प्रचण्डलाई अर्का अध्यक्ष केपी शर्मा ओलीले थकित बनाएका छन्। त्यसैको आन्तरिक मन्थनका बाछिटा हुन् बाहिर आएका। तर यसमा दोष कसको? पुष्पकमल दाहालको प्रचण्ड महत्वकांक्षाको थियो– अहिले ‘प्रचण्ड’ धोका पाइरहेका छन्। त्यसैले खुमलटारतिरको कुनामा केही नेता बोलाएर गुनासो सुनाउनु परेको छ।

प्रचण्ड अहिले जुन उँचाईमा छन् त्यो संयोग मात्र हो। त्यो अरु कसैको महत्वकांक्षाको भयानक ठूलो प्रयोग मात्र थियो। जसरी प्रचण्डले अरुलाई प्रयोगका आधारमा चलाउने चेष्ठामा आंशिक सफलता प्राप्त गरे, अहिले उनले पूर्ण धोका भोगीरहेका छन्। त्यसका पनि पर्याप्त उदाहरण छन्।

ओली, बामदेव गौतमहरूसँग पार्टी फुटाउनु र जुटाउनु दुवैको अनुभव छ। सहकार्य, आन्तरिक संघर्ष, कर्नरमा पारिएको पीडा, सत्तामा जान नदिएको रोष यी सबै अनुभव छन्। त्यति मात्र होइन, समिकरण कसरी बदल्न सकिन्छ भन्ने विषयमा पनि पूर्ण हेक्का र ज्ञान छ। कोसँग संघर्ष गर्दा प्राप्ति र पराजय हुन्छ भन्ने विषयमा ओली, नेपाल, खनाल, पोखरेल सबै अनुभवी र माहिर छन्। केही नहुँदा पनि प्रभावशाली कसरी बन्ने? सबैथोक हुँदा शासक कसरी बन्न सकिन्छ भन्ने पर्याप्त अनुभव छन्। यी अनुभव र तर्जुवाहरूसँग प्रचण्ड प्रतिष्ठाको लडाँई बनिरहेका छन्

तत्कालिन कांग्रेस सभापति गिरीजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने प्रस्ताव गरे, धोका दिए। झलनाथ खनाललाई राष्ट्रपति बनाउँछु भने प्रस्तावित नाम ल्याए– रामराजाप्रसाद सिंहको। तर परिणाम के आयो? रामवरण यादव राष्ट्रपतिमा निर्वाचित भए। त्यो परिणामको मुख्य आधार के थियो– ठूलो दल हुनुको अहंकारमा रुमल्लिँदा पाएको ठक्कर।

प्रधानमन्त्री निर्वाचित भए। एमाले जनलाई सरकारमा जानु थियो, साथ पाए। तर, त्यसपछिका घटनाक्रम के भए? संक्षेपमा भनौं। तत्कालिन प्रधानसेनापति रुक्मांगत कटवाललाई कारबाही गरी दिवंगत भइसकेका कुलबहादुर खड्का अघि सारे। झन्डै झन्डै हुन लागेको सैनिक कूलाई गिरीजाप्रसाद कोइरालाले बचाए, रामवरणमार्फत।

यसका पनि प्रचण्डले अहिलेका लागि चेत्नुपर्ने केही उदाहरण थिए। रुक्माङ्गत कटवाललाई कारबाही गर्दा चीनमा रहेका झलनाथ खनालले साथ नदिएको इतिहासलाई बिर्सेका प्रचण्ड पुरानो एमालेको साथले ओली कित्ता सर्लक्क पार्छु भन्ने भ्रममा थिए। विस्तारै ति भ्रमहरू व्यवाहारतः चिरिँदैछन् । तैपनि उनी माधवकुमार नेपाल, खनाललगायतको बैशाखीले नेकपामा अतृप्त उदय गर्छु भन्ने भुत्ते बलमा अडिग छन् । स्मरणीय होस्, कटवाल प्रकरणपछि निरन्तर नागरिक सर्वोच्चताका नाममा गरिएको आन्दोलनलाई उनै नेपालले दबाएका थिए ।

त्यति ठूलो मोर्चामा रहँदा, क्यान्टोनमेन्टमा सेना समेत रहँदा प्रचण्डले नेपालको सामना गर्न सकेका थिएनन्, सम्झौतामा उत्रिनु परेको थियो। त्यसैको परिणाममा मोहन वैद्य किरणहरूले पार्टी छाड्नुपर्ने बाध्यता आइलाग्यो। त्यसअघि उनीविरुद्ध नै उनकै पार्टीका तीन उपाध्यक्ष र एक महासचिवले धोवीघाट भेला गरे। अहिले ओली जुन शैलीमा हिँडेका छन् त्यसबेला प्रचण्डको त्यहि मनोपोलीविरुद्ध वैद्य, भट्टराई, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादलले धोवीघाट भेला गरी प्रचण्डलाई कर्नरमा पार्न खोजेका होइनन्? अन्त्यमा हार खाएर भट्टराईलाई प्रधानमन्त्रीको कार्ड फ्याँक्दा शक्ति संचित भएको?

त्यसपछिका परिणाम के भए? संविधानसभा विघटन भयो। विस्तारै एकीकृत माओवादी विखण्डनको यात्रामा हिँड्यो। मोहन वैद्यहरूलगायतको ठूलो टिम प्रचण्डसँग टाढा भयो। अहिलेको अवस्थाबारे संश्लेषण हुनेछ।

अब अहिलेको नेकपा पहिलोको माओवादी जस्तो होइन। प्रचण्डभन्दा अनाडी र प्रचण्डभन्दा खेलाडी भएको पार्टी तत्कालिन एमालेसँगको एकीकरणको परिणाममा देखिएको हो। सत्ताले अनुभव सिकाउँछ। सत्ताको लामो स्वाद लिएकाहरूसँगको सहकार्य अहिले कठोर बन्न सक्छ।

ओली बामदेव गौतमहरूसँग पार्टी फुटाउनु र जुटाउनु दुवैको अनुभव छ। सहकार्य, आन्तरिक संघर्ष, कर्नरमा पारिएको पीडा, सत्तामा जान नदिएको रोष यी सबै अनुभव छन्। त्यति मात्र होइन, समिकरण कसरी बदल्न सकिन्छ भन्ने विषयमा पनि पूर्ण हेक्का र ज्ञान छ। कोसँग संघर्ष गर्दा प्राप्ति र पराजय हुन्छ भन्ने विषयमा ओली, नेपाल, खनाल, पोखरेल सबै अनुभवी र माहिर छन्। केही नहुँदा पनि प्रभावशाली कसरी बन्ने? सबैथोक हुँदा शासक कसरी बन्न सकिन्छ भन्ने पर्याप्त अनुभव छन्। यी अनुभव र तर्जुवाहरूसँग प्रचण्डको प्रतिष्ठाको लडाँई बनिरहेको छ।

पुरानो एमालेका नेता यस्ता माहिर छन् की आफूलाई फाइदा हुने समिकरणलाई उपयोग गर्छन्। जस्तो अहिलेको अन्तरविरोधमा प्रचण्ड आफूले लिने फाइदामा कमजोर सावित हुनेछन्। त्यस्ता निम्ति पुरानो एमालेको समिकरणका केही दृष्टान्तलाई उदाहरणका रुपमा पेश गर्छु।

तत्कालिन एमालेको आठौं महाधिवेशनलाई विश्लेषण गरौं। त्यो समिकरण थियो झलनाथ खनाल, बामदेव गौतम र ईश्वर पोखरेल अर्कातिर ओली र नेपाललगायत। यसको परिणाम खनाल अध्यक्षमा निर्वाचित भएर आए।

नवौं महाधिवेशनलाई विश्लेषण गरौं। समिकरण बन्यो ओली, गौतम र पोखरेलको। नेपाल र खनाल मिले। नेतृत्वमा आए ओली। यसमा के बुझ्न पर्छ भने गौतम, पोखरेललगायतको उपयोगको सिद्धान्त पनि कमजोर छैन। केही समयअघि भत्किनै खोजेको ओलीको कुर्सीलाई गौतमको ६ बुँदाको टेको थियो जसका कारण प्रचण्ड हच्किनु परेको थियो। सोही मेसोमा गौतमको निवासमा ओलीको रात्रीभोज भएको होइन र?

त्यसका लागि कुन नेताले कसलाई के कुरामा हस्ताक्षर गर भन्दा दच्काउने होइन, दोस्रो या तेस्रो पुस्ताको नयाँ समिकरण बनाई नेतृत्वलाई बर्खास्त गर्ने केन्द्रीय समितिको बहुमतको हस्ताक्षर चाहिन्छ। विश्वमा कम्युनिस्ट पार्टीमा नेपालबाहेकका अनेक देशमा यस्ता दुर्लभ घटना भएका एकाध उदाहरण छन्

पहिलो कुरो, नेपालमा कम्युनिस्ट एकीकरणको कुनै अर्थपूर्ण इतिहास हुने थिएन र सम्भवै छैन भन्ने प्रचण्डलाई ज्ञान थियो। त्यसैले युद्धको बाटोबाट नयाँ पार्टी बलियो बनाउँदै गर्दा पनि कमजोर बनिरहेको एमाले बिलय नभएको तथ्यलाई बिर्सन मिल्छ? यदि एमाले एकीकरणमार्फत नेपालमा कम्युनिस्ट विचारलाई संस्थागत गर्न चहान्थ्यो भने उहीबेला एकीकृत हुने थियो, अहिले किन गर्नुपथ्र्यो? या प्रचण्डले त्यहि बेला गरिसक्ने थिए, अहिले किन गर्थे?

‘स्वार्थको हेराफेरी’

कोही नेता कार्यकर्ता आश्चर्यमा नपरे हुन्छ। प्रदेश र प्रतिनिधि सभा चुनावका लागि बनेको त्यो गठजोड स्वार्थको हेराफेरी थियो। खासमा एकीकृत भइसकेपछि ठूलो सांगठनिक संरचनामा रहेको पार्टीको एकल नेतृत्वमा प्रचण्डले आउने लक्ष्य राखेका थिए जसले उनलाई बिसर्जन हुन थालेको माओवादीमा त्राण दिन्छ भन्ने अभिलाषा थियो। ओलीलाई ९ महिनामा नै गुमाएको त्यो कुर्सीको स्वाद ५ बर्षका निम्ति र पार्टी नेतृत्वको स्वाद बाँचुञ्जेललाई लिनु थियो।

प्रचण्ड आफैंले भनेका थिए– राजनीति भनेको सम्भावनाहरूको खेल हो। जे देखिन्छ त्यो हुँदैन, जे हुन्छ त्यो नदेखिन पनि सक्छ। बस्! प्रचण्डको टाउकामा अहिले प्रचण्डकै शुत्रको उपयोग भएको छ। सम्भावनाको खेलजस्तो। जे देखिएको छ त्यो होइन, प्रचण्डले नठानेको चिज भोगीरहेका छन्। अझै भोग्नेछन् यहि अवस्था लम्बेतान भए। आम मानिसले जे देखिरहेका छन् खेल त्यो हुँदैन, खेल भनेको तर्जुवावालाहरूको पोल्टामा नै हुन्छ– मिल्छन्। राजनीतिमा एउटा चिजचाहिँ गज्जबको देखिन्छ– छुट्टिए पनि जसरी भट्टराई, वैद्यलाई प्रचण्डप्रति थोरै दया पलाउँछ, त्यसैगरी लामो समय काम गरेका नेपाल, खनाललाई पनि ओलीप्रति सहानुभूति हुनसक्छ!

अब के?

अब ओथारो बस्न खोजेको बृद्ध नेतृत्वको बहिर्गमन अनिवार्य हुनुपर्छ। यो लडाईँ विचारप्रधान होइन, छैन र देखिँदैन। यो पद र इगोसँग जोडिएको विषयका रुपमा सतहमा पुगिरहेको छ। न प्रचण्ड सफल न ओली। यीलगायत मौकामा ढुकुर मार्न पाइन्छ भनेर बसेको बृद्ध नेतृत्वको बहिर्गमन वा निस्क्रियकरण नै नेकपाको जीवनमा संजिवनी बन्न सक्छ।

त्यसका लागि कुन नेताले कसलाई के कुरामा हस्ताक्षर गर भन्दा दच्काउने होइन, दोस्रो या तेस्रो पुस्ताको नयाँ समिकरण बनाई नेतृत्वलाई बर्खास्त गर्ने केन्द्रीय समितिको बहुमतको हस्ताक्षर चाहिन्छ। विश्वमा कम्युनिस्ट पार्टीमा नेपालबाहेकका अनेक देशमा यस्ता दुर्लभ घटना भएका एकाध उदाहरण छन्।

यदि मुलुकको हितका निम्ति, राजनीतिको हितका निम्ति, विचारको जगेर्नाका निम्ति यति ठूलो संगठन भएको पार्टीमा सहमति हुन्छ भने फलाम तातेको छ, घन हान्ने बेला हो, सबै बुढा नेतृत्वलाई बर्खास्त गरी पुस्तान्तरण होस्। अन्यथा गोयल आइरहन्छन्, विवाद भइरहन्छन्।

नयाँ नेताको उदय परम्परागत ढाँचामा कहाँ हुन्छ र ? त्यसका लागि एउटा ठूलो सामूहिक रिस्क लिने अठोट हुनुपर्छ। नत्र नेताको चाकरी र पक्षमा सामाजिक सञ्जालमा मात्र कुर्लिनुको कुनै अर्थ हुन्न, सिद्धान्तको भाषणबाजी गरेर न पार्टी जोगिन्छ न देशको भविष्य– हेक्का होस् अर्को पुस्तालाई।

प्रतिक्रिया