जेद्धामा गैरआवासीय नेपाली संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा अर्याल


जेद्धा, साउदी अरब – गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति, जेद्धा, साउदी अरबको नयाँ कार्यकाल (२०२५–२०२७) का लागि नयाँ कार्यसमिति चयन गरिएको छ। संघको नेतृत्व अब दण्डपाणी अर्यालले गर्ने भएका छन्।

हालै सम्पन्न निर्वाचनमार्फत चयन गरिएको कार्यसमितिमा उपाध्यक्षमा चिरन्जीवी बस्नेत, सचिवमा देवराज अर्याल, सह–सचिवमा कृष्ण कुमार थापा, कोषाध्यक्षमा लक्ष्मण रोकाया र सह–कोषाध्यक्षमा मोहनराज गुरुङ रहेका छन्।

त्यसैगरी, सदस्यमा सन्तोष खड्का, प्रितम खड्का र गोबिन्द बहादुर दियाल रहेका छन्।

नयाँ कार्यसमितिले प्रवासी नेपाली समुदायको हकहित संरक्षण, सामाजिक समावेशिता, र आपसी एकता अभिवृद्धिमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ। साथै, सांस्कृतिक, सामाजिक र सेवामूलक कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।

जेद्धास्थित नेपाली समुदाय तथा विभिन्न संघ–संस्थाहरूबाट नव-निर्वाचित टोलीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

प्रतिक्रिया