


मस्कसँग टकरावपछि टेस्ला कार बेच्दै ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कको कम्पनी टेस्लाबाट किनेको कार बेच्ने तयारी गरेका छन् ।
तीन महिनाअघि ह्वाइट हाउसको ल्यानमा पार्क गरिएको रातो टेस्ला कार मिडियाको अगाडि देखाउँदै ट्रम्पले त्यो कार आफूले किनेको बताए। हालै, बीबीसीको अमेरिकी सम्बद्ध संस्था सीबीएसको एक रिपोर्ट अनुसार, ट्रम्प अब त्यो टेस्ला कार बेच्ने सोचमा छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार मस्कप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्दै टेस्लालाई हानि पुर्याउन सक्ने भएपछि मस्कले आफ्नो खर्चसम्बन्धी विधेयकको विरोध गरिरहेको बताएका थिए । ट्रम्पका अनुसार यो विधेयकमा विद्युतीय सवारी साधनमा दिइएको कर छुट हटाउने विषय समावेश छ । यसले टेस्लालाई घाटा पुर्याउन सक्छ र त्यसैले मस्क यो विधेयकको विरुद्धमा रहेको उनको भनाई छ ।
हालै अमेरिकी राष्ट्रपति ट्रम्प र अर्बपति मस्कबिच चर्को वाकयुद्ध भएको थियो। त्यसपछि ट्रम्पले संघीय सरकारसँगको ठूलो स्तरको व्यापारिक सम्झौताको बारेमा मस्कलाई धम्की दिएका थिए। ट्रम्पको यो धम्कीपछि मस्कले ट्रम्पविरुद्ध महाभियोगको माग गरेका थिए।

