ट्रकमा स्कुटर ठोक्किँदा युवतीको मृत्यु


पोखरा । स्याङ्जामा आज बिहान सवारी दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ । मृत्यु हुनेमा पुतलीबजार नगरपालिका- १३ लाम्पाटाकी २४ वर्षीया जीतमाया थापा छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी थापाको प्रदेश अस्पताल पुतलीबजारमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरी निरीक्षक प्रवेश तिवारीका अनुसार फेदीखोला गाउँपालिका- १ कुभिण्डेमा पोखरा आउँदै गरेको ना४ख ९३३१ नम्बरको ट्रकको पछाडि थापाले चलाएको एएबी ०२४३ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनापछि ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तिवारीले जानकारी दिए ।

प्रतिक्रिया