

काठमाडौंमा १५ दिन लकडाउन थप गर्ने निर्णय

काठमाडौं – काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ ।
कोरोनाभाइरस संक्रमण रोकथामका लागि लगाइएको निषेधाज्ञा आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी बैठकले समय थप गर्ने निर्णय गरेको हो ।
बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय पनि गरेको छ । आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । जारी निषेधाज्ञा २९ गते सकिँदैछ ।

