कोरोनाबाट बच्न कञ्चनपुर प्रहरी प्रमुख चुतर्वेदीको सुझावः सुरक्षित, सजग र सहयोगी बनौं


काठमाडौं – कोरोना भाइरस संक्रमणको कारण अहिले कठिन परिस्थति छ। समाजमा त्रासको वातावरण छ। मानवीय क्षति भइरहेको अवस्था पनि छ।

अब हामी कहाँ चुक्यौं तथा आगामी दिनमा क कसले के दायित्व निर्वाह गर्नुपर्ने हो? सोको बारेमा गम्भीरतापूर्वक मनन गर्न जरुरी छ।

कोरोनाबाट बच्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमा चतुर्वेदीले सामाजिक सञ्जालमार्फत केही टिप्स सार्वजनिक गरेका छन्।

१. स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरौं।

२. अतिआवश्यक कामवाहेक घरबाट ननिस्कौं।

३. मास्क र सामाजिक दूरीको कडाइका साथ पालना गरौं।

४. कोभिड संक्रमणबारेमा छरछिमेकलाई समेत सचेत गराई सजग बनाई राखौं।

५. घरपरिवारलाई स्वास्थ्य सुरक्षाको बारेमा सचेत गराइराखौं।

६. घरबाहिर गइराख्ने व्यक्तिले घरमा रहँदा बस्दा बिशेष ध्यान दिने, मास्क लगाउने।

७.घरमा रहेका दीर्घरोगी तथा जेष्ठ नागरिकलाई बाहिर निस्कन नदिने तथा निजहरुलाई बिशेष ध्यान दिने।

८. सरसामान किन्न जाँदा मास्क तथा सामाजिक दूरीको विशेष ध्यान दिने, कुनै लापरवाही नगर्ने।

९. सकेसम्म लामो समयको लागि खाद्य सामाग्री तथा तरकारीको भण्डारण गर्ने।

१०. व्यक्तिगत भेटघाट तथा पारिवारिक भेटघाट बन्द गर्ने।

११. हाललाई विवाहलगायतका संस्कार सकभर नगर्ने, गर्नैपर्ने भए सरकारले तोकिदिएको मापदण्डको पूर्ण पालना गर्ने।

१२. कुनै पनि सामूहिक भिडभाडको कार्यक्रममा नजाने।

सामाजिक दायित्वः
१. संक्रमण फैलिन नदिन सबै किसिमको दायित्व निर्वाह गर्ने।

२. संकटको घडीमा सामूहिक चिन्तन, दायित्व र सहभागिता सुनिश्चित गर्ने।

३. आफ्नो टोललाई सुरक्षित राख्न हरसम्भव प्रयास गर्ने र प्रत्येक घर परिवारलाई संक्रमण फैलिने कुनै पनि गतिविधी गर्न नदिने, विरोध गर्ने।

४. टोल सुरक्षित भए तपाईको परिवार सुरक्षित रहने कुरा सबैले बोध गर्ने, सोही बमोजिमको व्यवहार प्रदर्शन गर्ने।

५. यस संकटको घडीमा सबै काम प्रहरी र प्रशासनले गरिदिन्छ भनि पर्खेर नबस्ने।

६. नेपाल प्रहरी आफ्नो सम्पूर्ण जनशक्ति परिचालन गरी कोभिड १९ को संक्रमण नियन्त्रणको लागि २४ सै घण्टा खटिइरहेको छ। तापनि प्रहरीको अन्य थुप्रै दायित्व समेत हुने भएकोले प्रत्येक क्षण प्रत्येक टोलमा पूग्न नसकिने भएकोले हातेमालो गरौं।

७. स्वयमसेवी भावनाका साथ निस्वार्थ परिचालित हुने तथा संक्रमण रोक्न सामूहिक र व्यक्तिगत दायित्व निर्वाह गरौं।

८. कालोबजारी दण्डनीय अपराध हो। यसको बारेमा प्रहरी प्रशासनलाई गोप्य जानकारी दिने तर पूर्वाग्रही नहुने।

९. यो रोगलाई गम्भीर रुपमा लिने ख्यालठट्टा नठान्ने, आफु बाँच्ने र अरुलाई समेत बचाउने कार्यको लागि प्रतिबद्द बन्ने।

१०. बहानेबाजी तथा छलकपट गरि शयर गर्ने बेला होइन। रमाइलो गर्ने र पछि पछुताउने काम नगर्ने, केही दिन वा महिनापछि राम्रो समय अवश्य आउला धैर्यता राख्ने र समाजप्रति उत्तरदायी बन्ने।

प्रतिक्रिया