नक्खु कारागारमा तातो दालले जलेर कैदीको मृत्यु


ललितपुर- ललितपुरस्थित नक्खु कारागारमा एक कैदीको तातो दालले जलेर मृत्यु भएको छ।

कारागारका प्रमुख भीमराज कोइरालाका अनुसार कर्तव्य ज्यान र जबर्जस्ती करणीको मुद्दामा २० वर्ष कैद सजाय पाएका ती कैदीको दाल पकाउने क्रममा गम्भीर रूपमा घाइते भई मृत्यु भएको हो।

घटनापछि उनलाई आइतबार नै किर्तिपुरस्थित वर्न अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको ज्यान गएको हो।

ती कैदी जेलभित्रै आन्तरिक प्रशासनअन्तर्गत भान्सामा काम गर्दै आएका थिए। उनी २०७८ सालमा कैद भुक्तान गरिसकेका थिए तर पछिल्ला ३ वर्षदेखि नक्खु कारागारमा पुनः थुनामा थिए।

प्रतिक्रिया