
काठमाडौं महानगरलाई आपूर्ति गरिएको पानी पिउन अयोग्य
काठमाडौं – काठमाडौं महानगरपालिकाले पिउने पानी आपूर्ति गरिरहेको सीएन इन्टरप्राइजेजको पानीमा कोलिफर्म जीवाणु फेला परेपछि कम्पनीलाई जरिवाना गर्दै ठेक्का रद्द गरेको छ।
महानगरको कृषि तथा पशुपन्छी विभागले परीक्षणका क्रममा उक्त पानी पिउन अयोग्य भएको प्रमाणित भएपछि कम्पनीमाथि कारबाही गरिएको हो। परीक्षणमा कोलिफर्म पोजिटिभ देखिएपछि सार्वजनिक स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै महानगरले सीएन इन्टरप्राइजेजलाई २ लाख रुपैयाँ जरिवाना र ठेक्का रद्द गर्ने निर्णय गरेको जनाएको छ।
महानगरले २०८१ साल वैशाख २ गते सीएन इन्टरप्राइजेजसँग पिउने पानी आपूर्तिका लागि सम्झौता गरेको थियो। सम्झौतापछि निरन्तर रूपमा सोही कम्पनीले महानगरमा पिउने पानी आपूर्ति गर्दै आएको थियो।
तर, हालैको परीक्षणमा पानी मापदण्डविपरीत फेला परेपछि कठोर निर्णय लिएको महानगरले स्पष्ट पारेको छ।



कागजपत्र |
