
सरुवा भएर पनि हाजिर नगर्ने कर्मचारीलाई मन्त्रालयको तीन दिने अल्टिमेटम
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरुवा भई पनि कार्यस्थलमा हाजिर नगराइएका कर्मचारीलाई तीन दिनभित्र हाजिर गराउन चेतावनी दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको निर्देशनपछि मन्त्रालयको कर्मचारी प्रशासन शाखाले संघीय अस्पताल र मातहतका निकायहरूलाई पत्र पठाएर समयसीमा तोकेको हो।
मन्त्रालयले हाजिर नगराइएमा विभागीय कारबाही गर्नेसहित सेवा–सुविधा वापतको रकम असुलउपर गर्ने सचिवस्तरीय निर्णयको विवरणसमेत कार्यालयहरूलाई पठाएको छ।
स्वास्थ्य सेवामा दरबन्दीभन्दा बाहिर काजमा रहने प्रवृत्ति बढ्दै गएको र त्यसकै कारण सरुवा भएकालाई कार्यस्थलमा हाजिर गराउन समस्या उत्पन्न भएको गुनासोपछि मन्त्रालयले यस्तो कडा कदम चालेको हो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले तोकिएको समयसम्म हाजिर नगराइएमा अटेर गर्ने कर्मचारीविरुद्ध विभागीय कारबाही हुने स्पष्ट पारे।



कागजपत्र |
