रुपन्देहीमा एकैदिन कोरोना संक्रमणबाट १३ जनाको मृत्यु


File Photo

काठमाडौं – रुपन्देहीमा कोरोना संक्रमणबाट आज एकैदिन १३ जनाको मृत्यु भएको छ। १३ जना थपिएसँगै रुपन्देहीमा संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ८७ जना संक्रमित भेटिएका छन्। यससँगै सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५५ पुगेको छ।

२४ घण्टामा सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा २ सय ५५ जना कोरोना पोजिटिभ देखिएका जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।

तिलोत्तमा नगरपालिकामा १ सय ३६, सिद्धार्थनगर नगरपालिकामा ६७, सैनामैनामा ४३ जना र देवदहमा ३६ जना संक्रमित थपिएको हुन्।

प्रतिक्रिया