पहिला देउवा–राणाको शक्तिगान, अस्पतालमा पुगेपछि बिरोधमा हस्ताक्षर !


शव्दका के कुरा भए र यहाँ, यहाँ त नियतका अनेक चालबाजी प्रमाणित भएको छ।

एउटा प्रजातान्त्रिक पार्टीमा नेता विशेषको विचारमा बाँधिनु अलग विषय हो। उसको मार्गदर्शन या उनले देखाएको बाटोमा हिँड्नेको पाइलाका कथा होइनन्, तिनको शक्तिमा आफ्नो अवसरलाई देख्ने तर शक्ति ह्रास भएको आभाष हुनासाथ काँचुली फेरे त हुन्थ्यो, दुश्मन नै करार गर्ने प्रवृत्तिको सिधा प्रहार र नीतिगत विषयलाई उठाउन चहान्छु।

नेपाली राजनीतिमा एउटा महाकम्पनका रुपमा आएको जेनजी आन्दोलनको हिंसात्मक प्रारुपको पीडित पात्र बन्न पुगे – कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणा।

यो नियोजित, प्रयोजित एक दुर्घटना थियो, यसमाथि बाँकी टिप्पणी समय काल र परिस्थितिमा होला नै। तर, तिनै देउवा र राणाको खोपीमा बसेर बर्षौंसम्म निजी स्वार्थ लिने तर जब अस्पतालको शैयामा पुग्छन् अनि तिनैलाई कारबाही गर्नुपर्ने भन्ने अथवा अल्पमतमा पार्छु भन्ने यो कस्तो बदनियत पनि होइन, कुनियत हो?

हिजोसम्म देउवालाई मानबरूपी भगवान भन्नेहरू, आरजु राणालाई देवी नै ठान्ने भजन मण्डलीहरूको असली रूप सार्वजनिक भयो। यो शव्द प्रयोग गर्दा अनुपयुक्त हुन्न ति पात्रका लागि कि घिच्नु घिचेर अस्पतालाको शैयामा रहेका पार्टी सभापति समेत रहेका देउवाबिरुद्ध हस्ताक्षर अभियान चलाउन कुन नैतिकताले सकेको हो? दुनियाँमा लोकलाज रहला या नरहला तर कांग्रेसको विचारमा हिँडेको मानिसले यस्तो ‘लबस्तरो’ प्रवृत्तिको हेक्का राख्छन्, राखेका छन्।

यस्ता अबसरबादीलाई हामिले नैतिकवान् नेता भनेर भन्नदीनु परेको छ। कांग्रेस राजनीतिमा बामे सरिरहेको टिप्पणीकार भन्छु– बरु राजनीति गरिन्न त्यस्ता कुपात्रलाई अबसरवादी भन्न छाडिन्न!

नेता भनेको एक लामो शृङ्खलाको कडी हो, वर्षाको खहरे गडगडाउँछ तर त्यो खहरेको गडगडाहट नदी, तलाउ या सागरमा विलिन नहुन्जेल मात्र हो। त्यस्तै अनैतिक व्यवहार गरेर कुनै नेता लोकप्रिय बन्न सक्लान् तर अन्ततोगत्वा यसले ठूलो नोक्सान आफैँलाई हुने गर्छ।

बिधि र संस्कारको पक्षधर भएका कारण टिप्पणीकार आउने अधिबेशनमा जो जहाँ उभिए पनि प्रश्न उठाउने कुनै अधिकार छैन तर देउवाको अग्राएर, पाखुरा फुलाएर आज यो अबस्थामा देउवामाथि नै आक्रमण गर्नुलाई कुनै पनि कोणबाट जायज त भन्न सकिन्न तर तिनलाई लोकतान्त्रिक व्यवस्थाको माउपार्टीको ‘नाजायज’ चल्लो भन्नुपर्ने हुन्छ।

शक्तिपूजक र विरोधी बन्ने मानिसबीचको दूरी केवल परिस्थितिको परिणाम मात्र मान्ने कि नियतको आकार? एक लोकतान्त्रिक वैचारिक पथमा, गोरेटो र कुइनेटोमा पनि अटुट हिसाबले हिँडेका कारण यत्ति भन्न सकिन्छ– टिप्पणीकारले जसलाई संकेत गरिरहेको थियो, त्यो कुनियतको चरम पात्र हो। यस्ता प्रवृत्ति भएका मानिसलाई भूलबस पनि समर्थन गर्न सकिन्न चाहे सत्यको आवाज अल्पमतमा किन नहोस्। अल्पमतलाई नै प्रेम गरिन्छ।

खैर, यो आवेग होइन। सत्य हो। तर, यस्ता प्रवृत्ति भएका मानिसको जन्म कसरी हुन्छ? किन हुन्छ? यसको पनि ब्याख्या गर्छु।

मानव समाजमा अवसरवाद एउटा पुरानो र व्यापक प्रवृत्ति हो। विशेषतः राजनीति र शक्तिकेन्द्रसँग सम्बन्धित अवस्थामा मानिसहरूले शक्ति प्राप्त गर्ने, संरक्षण गर्ने र आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने अभिप्रायले व्यवहारिक रूपमा आफूलाई ढाल्ने गर्छन्। यही कारण हो कि कुनै नेता सत्तामा हुँदा धेरैले उनको प्रशंसा, पूजा र समर्थन गर्छन्। तर, जब त्यो नेता सत्ताबाट वञ्चित हुन्छ वा कमजोर बन्छ, त्यही मानिसहरू उनीविरुद्ध बोल्न थाल्छन्। यो व्यवहार केवल व्यक्तिगत स्वार्थको उपज मात्र होइन, सामाजिक संरचना, मनोवैज्ञानिक प्रवृत्ति र राजनीतिक संस्कृतिको नतिजा पनि हो।

सबैभन्दा पहिले, मानिस स्वभावैले अवसर खोज्ने जीव हो। मानिसको सोच प्रायः परिणाममुखी हुन्छ। जसले शक्तिशालीसँग सम्बन्ध राखेपछि लाभ पाउने सम्भावना देख्छ, उसले नैतिकता भन्दा पनि स्वार्थलाई प्राथमिकता दिन्छ। शक्तिशाली नेतासँग नजिक भएर ठेक्का, पद, सम्मान, या सुविधा प्राप्त गर्ने सम्भावना हुँदा मानिसहरू त्यो नेताको ‘भक्त’ बन्न पछि पर्दैनन्।

नेता सत्तामा रहँदा उनको विरोध गर्नु आत्मघाती ठहर्छ। त्यसैले धेरैले मौन रहन्छन्, झन धेरैले स्तुति गर्छन्। तर जब नेताको शक्ति गुम्छ, त्यसको साथमा उसको वरिपरिका अवसर पनि हराउँछन्। त्यतिबेला त्यही मानिसहरू आफ्नो असन्तुष्टि पोख्छन्, किनभने अब डर या स्वार्थको कारण बाँकी रहँदैन।

राजनीतिक संस्कृतिको कमजोरी पनि यस प्रवृत्तिको कारण हो। राजनीतिक चेतना कम भएका समाजमा विचार र सिद्धान्तभन्दा पनि व्यक्तिको शक्ति र प्रभावलाई प्राथमिकता दिइन्छ। नेताको विचार, कार्यशैली वा नीति होइन, उसको पद र पहुँचका आधारमा मान्यता दिइन्छ। यस्तो संस्कृतिमा स्थायित्व हुँदैन। जसको शक्ति बढी, उसको स्तुति बढी। जसको शक्ति घट्यो, उसको आलोचना सुरु।

इतिहासले पनि देखाउँछ, जब नेताहरू सत्तामा रहँदा जनताको अपेक्षा पूरा गर्न असफल हुन्छन्, त्यसबेला मौन रहेका मानिसहरूले समय आउँदा आलोचनामा बदलिन्छन्।

केही मानिसहरू ‘भीड मनोविज्ञान’को कारण पनि यस्तो व्यवहार गर्छन्। जब सत्तामा भएको व्यक्तिलाई सबैले प्रशंसा गर्छन्, त्यसैको साथमा आफू पनि लागे आत्मसन्तुष्टि महसुस हुन्छ। भीड जसको पक्षमा हुन्छ, मानिस त्यसैको समर्थनमा जान रुचाउँछ। तर भीडको दिशा फेरिएपछि उही भीड विरोधमा लाग्छ। यस्तो व्यवहारले व्यक्तिको मौलिक सोचभन्दा पनि भीडको प्रभावलाई बलियो बनाउँछ।

अन्ततः, शक्ति र स्वार्थबीचको सम्बन्ध नै यो व्यवहारको मूल हो। शक्ति हुँदा मानिसहरूले नजिकिन खोज्छन्, शक्ति हराउँदा टाढा भाग्छन्। यद्यपि सबै मानिस यस्ता हुँदैनन्। केही व्यक्ति सिद्धान्त र मूल्यमा अडिग रहन्छन्। तर यस्तो समूह सानो हुन्छ।

यसरी हेर्दा, शक्तिमा हुँदा नेताको पूजा गर्ने र शक्तिहीन भएपछि विरोध गर्ने प्रवृत्ति समाजको राजनीतिक चेतना, स्वार्थपरक सोच र डर संस्कृतिको मिश्रण हो।

शक्तिपूजक र विरोधी बन्ने मानिसबीचको दूरी केवल परिस्थितिको परिणाम मात्र मान्ने कि नियतको आकार? एक लोकतान्त्रिक वैचारिक पथमा, गोरेटो र कुइनेटोमा पनि अटुट हिसाबले हिँडेका कारण यत्ति भन्न सकिन्छ– टिप्पणीकारले जसलाई संकेत गरिरहेको थियो, त्यो कुनियतको चरम पात्र हो। यस्ता प्रवृत्ति भएका मानिसलाई भूलबस पनि समर्थन गर्न सकिन्न चाहे सत्यको आवाज अल्पमतमा किन नहोस्। अल्पमतलाई नै प्रेम गरिन्छ।

प्रतिक्रिया