ओइ मास्टर २ हजार सापटी ले त !


-अनिल लामा
नमस्कार म अनिल लामा । घर नार्गार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुङ्घा, ललितपुर । पेसाको हिसाबले जीवन निर्वाहको लागि शिक्षकको जागिर खाइरहेको छु ।

शिक्षकको जागिर खानुभन्दा पहिले म गाउँठाउँमा आफ्नै नामले चिनिन्थे । छरछिमेकका साथ–साथै आफन्त इष्टमित्रहरुले पनि मेरै नामबाट बोलाउने गर्नुहुन्थ्यो । तर जब शिक्षकको जागिर खाएँ, त्यसपछि मेरो नाम ‘मास्टर’ भन्ने शब्दमा परिवर्तन भयो । अहिलेसम्म त्यही मास्टर भन्ने शब्दको ट्याग बोग्दै हिँडिरहेको छु ।

भन्नुपर्दा म खास नेपालको नाम चलेका लेखक, कवि, कथाकार, गजलकार, भ्लगर, गीतकार, संगीतकार, नाटककार होइन । तैपनि यसो दिनको एकचोटी भने एउटा मिडियाको ब्लग भन्ने कोलम हेर्ने गर्छु र पढ्ने गर्छु । जसको कारणले गर्दा मलाईपनि फुर्सदको समय सदुपयोग गर्न सहयोग र सहज पुर्याएकाे छ । र, मलाई पनि लेख लेख्नको लागि उत्प्रेरणाा र हौसला प्रदान गरेको छ ।

हाम्रो समाजमा हुन त यदि कुनै साधारणा व्यक्तिले निजी अथवा सरकारी विद्यालयमा काम गर्ने वा काम गर्न जाने बितिकै त्यसको केही दिनमानै उसको नाम परिवर्तन भई मास्टर साप वा फलानो मास्टर भन्ने नामको ट्याग लागेको हुन्छन् । जुन ट्याग झुन्ड्याउँदै उ गाउँ-ठाउँमा हिँड्ने गर्छ ।

एकदिन म लगायत मेरा साथीहरु समयको सदुपयोग गर्न लागि खेतबारीमा काम गर्दैथियौँ । त्यसैबखत मेरो एकजना छिमेकी हाम्रो नजिक आउनुभयो र हामीले खेतबारीमा गरेको काम हेरिरहनुभयो। त्यसको केहि समयपछि हामीमध्ये म लगायत अर्को एकजना साथीलाई भन्नुभयो, ‘ओइ मास्टर ६ हजार सापटी ले त !’

त्यसको प्रतिउत्तरमा हामीले भन्यौँ –‘कहाँबाट पाउनु अङकल २ हजार रुपैँया, हामीसँग छैन ।’ हामीले भनेका मात्र थियौ उहाँले हामीलाई– ‘जाबो मास्टर भएर पनि गोजीमा २ हजार छैन भन्छौ । तिमीहरुलाई मैले पैसा सापटीको रुपमा मागेको हो नि । मैले खाएर डाँडा काट्दिन होला’ भनेर हामीसँग रिसाउनुभयो ।

के शिक्षण पेशा गर्ने मानिसको गोजीमा सधैँभरी पैसाले भरिएको हुन्छ ? अनि छरछिमेकीलाई पैसा सापटी दिन मास्टर भन्ने ट्याग लागेका मानिसहरु पैसा सापटी दिनको लागि तयार भएर बस्नुपर्ने हुन्छ ?

यस्तै प्रश्नहरु कहिलेकाहीँ मेरो मनमा पनि उठ्छ र आफ्नो काम र कर्तव्यको सम्मान गर्दै छिमेकीले मागेको बेलामा २ हजार को सट्टा १० हजार दिउँ जस्तो लाग्छ ।

प्रतिक्रिया