


राष्ट्रपति पौडेल र माओवादी अध्यक्ष प्रचण्डबीच भेट

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शीतलनिवासमा भेटवार्ता भएको छ।
अध्यक्ष प्रचण्ड राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटेका हुन्। प्रचण्डको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे गम्भीर छलफल भएको छ।
हालैको राजनीतिक घटनाक्रम र सत्ता गठबन्धनसँग सम्बन्धित विषयहरूमा छलफल केन्द्रित भएको बताइएको छ। तर, भेटमा भएका कुराकानीको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
राजनीतिक स्थिरता र सत्ताभित्र देखिएको असमझदारीबीच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

