

भारतको सिरसा एयरबेस नजिक मिसाइल आक्रमण

नयाँ दिल्ली- भारतको सिरसा एयरबेस नजिक शनिबार बिहान तीव्र विस्फोटको आवाज सुनिएको छ। यसअघि राति करिब १२:३२ बजे पाकिस्तानतर्फबाट मिसाइल आक्रमण भएको थियो। त्यसमा पनि ठूलो आवाजसहित विस्फोट भएको बताइएको छ। यद्यपि उक्त मिसाइल आक्रमण असफल भयो र जनधनको कुनै क्षति भएन। सेनाले तुरुन्तै घटनास्थलको अवस्था नियन्त्रणमा लिएको छ।
स्थानीय बासिन्दाका अनुसार राति तीव्र आवाज आयो र सबै ब्यूँझिए। केही वस्तु खसिरहेको देखिएको थियो। गाउँमा बिजुली बन्द भएकाले स्पष्ट देखिएको थियो। भाग्यवश त्यो वस्तु गाउँमाथि खसेन।
रानियाको फिरोजाबादमा पनि मिसाइलको टुक्रा भेटिएको छ। सिरसासँगै राति रानियामा पनि आक्रमण भएको थियो। रानियाको फिरोजाबादमा खेतमा मिसाइलको टुक्रा फेला परेको छ।

