महासमिति बैठक आमनागरिकका जल्लाबल्दा समस्याको सम्बोधनमा चुक्योः शाही


काठमाडौं — नेपाली कांग्रेसका महासमिति सदस्य एवं युवा नेता भूपेन्द्रजंग शाहीले महासमिति बैठकले आमनागरिकका जल्दाबल्दा समस्याका विषयमा स्पष्ट सन्देश दिन चुकेको जनाएका छन् ।

उनले बैठकले तमाम महासमिति सदस्यहरुको भावनाविपरित अहिलेको गठबन्धनलाई निरन्तरता दिने उल्टो निर्णय गर्नु बहुमतको उपहास भएको समेत जनाएका छन् । उनले भने, ‘गठबन्धन गर्नु हुन्न भन्ने जति बहस छलफल भएपनि अन्तिमा सबै पदाधिकारीहरुले पनि यहि गठबन्धन को वकालत गर्नु दुखद विषय हो।’

ललितपुरको गोदावरीमा बिहीबार सम्पन्न महासमिति बैठकपछि बोल्दै शाहीले महासमिति सदस्यहरूको चाहनाविपरीत वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने बैठकको निष्कर्ष ठीक नभएको बताएका हुन्। महासमिति बैठक गत सोमबारबाट सुरु भएर बिहीबार सकिएको थियो ।

उनी भन्छन्, ‘यो बैठकले जनताका समस्या, पार्टीमा आमूल रूपान्तरणको खाका, एकता सन्देश र आमनेताकार्यकर्तालाई ऊर्जा दिन सकेन।’ महासमिति बैठक धेरै समयपछि आयोजना गर्नु र शान्तिपूर्वक सम्पन्न गर्नुलाई भने उनले उपलब्धि ठानेका छन्।

प्रतिक्रिया