ठमेलकाे फुलमुन क्लबमा आगलागी, दुई तल्ला क्षतिग्रस्त


काठमाडौं- काठमाडौं महानगरपालिका–१६, ठमेल सातघुम्ती चोक नजिक शुक्रबार दिउँसो आगलागी भएको छ।  उर्मिला श्रेष्ठको चारतले पक्की घरको दोस्रो तलामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ।

दोस्रो तला राजन श्रेष्ठले भाडामा लिएर फुलमुन क्लब सञ्चालन गर्दै आएका थिए। प्रहरीका अनुसार विद्युत् सर्टका कारण आगलागी भई दोस्रो र तेस्रो तला क्षतिग्रस्त भएका छन्।

काठमाडौँ महानगरपालिकाका तीनवटा र बुढानिलकण्ठ नगरपालिकाको एकवटा दमकल, पानी ट्याङ्कर, नेपाल प्रहरी तथा स्थानीयको सहकार्यमा एक घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया