कस्तो हस्ताक्षर गर्नुहुन्छ ? यसले नै दर्शाउँछ तपाईकाे ब्यक्तित्व


मानिस प्राकृतिक रुपमा हरेक पल ब्यक्त भैरहेको हुन्छ । बोलिको माध्यम बाट,लवाइ खवाइ,बिचार,भावना एवं स्वभाव इत्यादीको माध्यम बाट उ ब्यक्त भैरहेको हुन्छ । त्यसैले त मानिस लाई ब्यक्ती भन्दछन।

मानिस बाहेक कुनै पनि प्राणीलाई ब्यक्ती भनिदैन। त्यसैले मानिस उस्को व्यबहार आचरणले नै उ ब्यक्ती कस्तो स्वाभाबको हो भन्ने कुरा सामुन्ने रहेको ब्यक्तिले अनुमान लगाउन सक्दछ । मानिस बोली मात्रै नभै उसको हाउभाउ एवं भावभङ्गिले नै उ रिसाहा छ कि कतिको घमण्डि छ भन्ने पनि बुझ्न सकिन्छ ।

यो सब ब्यक्तिको बिचार र भावनाको अभिव्यक्ति नै हो। प्रकृतिले मानवलाइ यस्तो तरिकाले प्रस्तुत गरिदिएको छ कि,उसको शारीरिक बनावटले नै कुनै न कुनै कुराले ब्यक्ती को बारेमा सङ्केत गरिरहेको हुन्छ । यसको अर्थ हुन्छ । यो प्रकृतिको सन्चालन सङ्केत को माध्यम बाट नै भैरहेको हुन्छ।

यस्तै प्रकारले हाल सोध र अभ्यास भैरहेको एउटा बिषय छ- हस्तलेख तथा हस्ताक्षर बिज्ञान हो । यसलाई अङ्ग्रेजीमा ग्राफोलोजी पनि भनिन्छ । भनिन्छ कि सन १८७५ मा फ्रान्सका मठाधिश जीन हाइपोलेट माइकन ले नै ‘ग्राफोलोजी’ अर्थात हस्तलेखन बिज्ञानको रचना गरेका हुन। (ग्राफोलोजी) शव्द ग्रीक को (ग्राफ) बाट लिएको हो जसको अर्थ हुन्छ (लेख) या (म लेखौ) र (मत) या सिद्धान्त।हस्तलेख विश्लेषण एक प्रकारको ब्यक्तिको पहिचानको बिज्ञान हो।

हस्ताक्षर बिज्ञान बिसौ सताब्दिको एउटा उपलब्धि हो,जसले केही वर्षमा नै मनोबिज्ञानको क्षेत्रमा आश्चर्यजनक सफलता प्राप्त गरेको छ र बिस्वको लगभग सबैजसो सभ्य रास्ट्रमा यसको व्यापक उपयोग हुन थालेको छ।

एक प्रकारले भन्न सकिन्छ कि हस्ताक्षर ब्यक्तिको अन्तर्बाहिय ब्यक्तित्वको सुक्ष्म रुप हो।ब्यक्तिको वास्तविक स्वरुप हो,उसको सहि आचरण हो।ब्यक्तिको अन्तस्करणको सजिब प्रतिबिम्ब हो।यो ज्ञान केवल कोरा कल्पना मा आधारित होइन अपितु बिज्ञानको ठोस धरातलमा स्थित रहेको छ।

हस्तलेख एवं हस्ताक्षर को बारेमा महान बिचारक कन्फिउसियस भन्दछन – लेख साफ तरिका बाट बताउन सकिन्छ कि लेख्ने ब्यक्ती शिष्ट छ कि अशिष्ट। ‘त्यस्तै अरस्तु भन्दछन-कसैको अक्षर हेरेर लेखक कि ब्यक्तित्वको वर्णन गर्न सकिन्छ। ‘जस्तै सबै ब्यक्तिको बोल्ने ध्वनि एउटै हुदैन त्यस्तै सबैको लेखाइ उस्तै हुदैन।’ सन १६२२ मा इटली को कैमिलो बाल्दी ले हस्तलेखन बारे गहन अध्य्यन गरे र एउटा सानो पुस्तक प्रकाशित भएको थियो,जसको शिर्षक थियो हस्तलेखन बाट लेखक को प्रकृति स्वाभाब एवं गुणको पहिचान’ यी सबको अर्थ हुन्छ मान्छेको लेखाइले ब्यक्तिको गुढ रहस्य स्पष्टताको साथ दर्शाइ रहेको हुन्छ।

हस्तालेख को बिषयमा अमेरिकी विद्वान श्री बि.पेसिन (१९६५) रोजन भन्छन् लेखावट को नमुनाको विश्लेषण ले ब्यक्तिको व्यबहारको सुचक एवं चरित्र को बिल्कुल ठिक मुल्यांकन गर्न सक्छ । यसबाट ब्यक्तिको भाबी ब्यक्तित्व एवं बौद्धिक बिकास को पनि आकलन गर्न सकिन्छ।

हस्ताक्षर गर्दा ध्यान दिनु पर्ने महत्त्वपूर्ण कुरा हरु:
१. हस्ताक्षर गर्दा सुरुवातमा आफ्नो नाम नै गर्नु पर्छ । कसै कसैले हस्ताक्षर आफ्नो नाम नगरी अन्य मन पर्ने चिज बाट गर्ने पनि देखिन्छ । कसैको बिचको नाम पनि गर्ने गरिन्छ।कसैले बुबाको नाम त कसैले थर बाट गर्ने गर्दछन।यस्तो गर्नु ठिक हुदैन।
२. हस्ताक्षर गर्दा पहिलो अक्षर अन्य भन्दा ठूलो हुनु राम्रो मानिन्छ ।
३. हस्ताक्षरमा कसैको पहिले अक्षर अनि डट र थर को पहिलो अक्षर लेखेर डट पनि गरिन्छ । यो ठिक हुन्न ।
४. हस्ताक्षर गर्दा ४५ डिग्री को कोणमा गर्नु राम्रो मानिन्छ।
५. हस्ताक्षर गरिसके पछि माथी बाट केर्ने गर्नु हुदैन।यो नकारात्मकताको संकेत हो।
६. यदि देवनागरी लिपिमा हस्ताक्षर गर्ने गरिन्छ भने हस्ताक्षरमा थर या नाम मा सके पुरै या थोरै डिको पनि दिदा राम्रो हुन्छ ।

हस्ताक्षर एक अवचेतनमन को प्रतिबिम्ब हो। यो पटक पटकको अभ्यास बाट मात्रै अभ्यस्त हुने हुन्छ । यो मानिसमा एक आदत को बिकास गरे जस्तै हो। ब्यक्तिको संसोधित हस्ताक्षरको निस्चित समयसम्म निरन्तर अभ्यास गरिए पछि मात्रै औपचारिक रुपमा प्रयोगमा ल्याउन सकिन्छ ।

प्रतिक्रिया