बियर, चुरोट र सुर्तीको मूल्य बढ्ने


काठमाडौं- सरकारले नयाँ बजेटमार्फत बियर, चुरोट र सुर्तीको अन्त:शुल्क बढाएको छ। बजेटमार्फत सरकारले स्वास्थ्य जोखिमको करको दायरा बढाएको हो।

हाल नेपालमा चुरोटमा एमएमको आधारमा कर लगाउने गरेको छ। हाल ८५ एमएमभन्दा माथिको ४८ सय, ७५ देखि ८५ एमएमसम्ममा ३६ सय, ७० देखि ७५ एमएमसम्म २९ सय ७०, फिल्टर ७० एमएमसम्म २३ सय ४० रुपैयाँ कर लाग्ने गरेको छ।

७० एमएमसम्मको प्लेनमा १३ सय ५५ रुपैयाँ लाग्दै आएको छ। अब यसमा थप कर लाग्ने भएको हो।

प्रतिक्रिया