


बढेन तलब, मासिक ५ हजार महंगी भत्ता

काठमाडौं – सरकारले कर्मचारीहरुको तलब वृद्धि गरेको छैन ।
तर महंगी भत्ताका रुपमा सबै कर्मचारीलाई मासिक ५ हजारका दरले दिने व्यवस्था गरेको छ । उक्त भत्ता यही साउनदेखि लागू हुने पनि जनाइएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यो व्यवस्था मिलाएको घोषणा गरेका हुन् ।

