ईभीको भन्सार दर यथावत्, मूल्य बढ्ने आशंकामा भित्र्याइएका सवारी घाटामा


काठमाडौं— इलेक्ट्रोनिक भेहिकल (ईभी) को भन्सार मूल्य परिवर्तन नहुने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै वातावरण संरक्षण र स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि ईभीको भन्सार मूल्य यथावत् राख्ने घोषणा गरेका हुन्।

यसअघि भन्सार दर बढ्ने आशंकामा व्यापारीहरूले ठूलो संख्यामा ईभी भित्र्याएका थिए। तर, भन्सार दर यथावत् रहँदा ती व्यापारीहरू घाटामा पर्ने भएका छन्।

प्रतिक्रिया