


आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन [पूर्णपाठ]

काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट घोषणा गरेका छन् । बिहीबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमार्फत अर्थमन्त्री पौडेलले बजेट सार्वजनिक गरेका हुन् ।
मन्त्री पौडेलले गत आवको भन्दा १ खर्ब ४ अर्ब ठूलो बजेट ल्याएका हुन् ।
विनियोजित बजेटमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड तथा वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च हुनेछ ।
यो खर्चमध्ये १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्वमार्फत्, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करो र वैदेशिक ऋणमार्फत् २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ जुट्नेछ । बाँकी ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋण लिएर बजेट बजेट घाटा पूर्ति गरिने अर्थमन्त्री पौडेलले बताए ।

