ब्राम्हणसँग विवाह गर्नेलाई तीन लाख रुपैंयाँ


कर्नाटक(एजेन्सी)–कर्नाटक ब्राह्मण विकास बोर्डले गरीब ब्राम्हण महिलाले पुजारीसँग विवाह गरेमा उसलाई तीन लाख रुपैंयाँ दिने निर्णय गरेको छ । यो निर्णयले राजनीतिक र गैर राजनीतिक क्षेत्रमा चर्चा परिचर्चाको वातावरण बनाइदिएको छ । त्यसो त हेर्दा यो रकम सानो देखिए पनि बोर्डले विवाहको तीन वर्षपछि ब्याजसमेत दिने प्रावधान बनाएको छ । तर पुजारी ब्राम्हणका लागि यो प्रावधान केवल कर्नाटकमा मात्र सीमित छैन । यो पहिलेदेखि नै आन्ध्र प्रदेशमा लागु भइसकेको छ । र अन्य दक्षिण राज्य केरालामा पनि लागु गराउने योजना छ ।

कर्नाटक बोर्डका अध्यक्ष एचएस सच्चिदानन्द मूर्तिले आर्थिक अवस्था मजबुत नभएका कारण पुजारीले दुलही पाउन नसकेको दाबी गरे । ‘शहरी क्षेत्रमा त उनीहरु काम गरेर भरणपोषण गर्लान् । तर ग्रामीण इलाकामा यस्तो सम्भव छैन । त्यसकारण उनीहरुका लागि तीन लाख रुपैंयाँ ठूलो रकम हो ।’ उनले भनेका छन् ।

केरल उच्च अदालतमा परीक्षण गराउने अधिवक्ता शम्भु नामपुथिरै पुजारीलाई दुलही नमिल्नुको कारण वित्तीयता अस्थिरता मात्र नभई सामाजिक कारण पनि भएको बताउछन् ।

योजनामा के छ ?

गत वर्ष कर्नाटक बोर्डले महिलाहरुमा केन्द्रीत गर्दै दुई योजना शुरु गरेको थियो । त्यसमा एक अरुधन्ती र दोस्रो मैत्रेयी थियो । अरुन्धन्ती योजनाको नियम अनुसार दुलहीलाई विवाहको समय २५ हजार रुपैंयाँ दिइनेछ । यसका लागि दुल्हन आर्थिक रुपले कमजोर वर्गको हुनुपर्ने शर्त छ । त्यस्तै ऊ ब्राम्हण हुनुपर्ने, कर्नाटककै हुनुपर्ने र पहिलो विवाह हुनुपर्ने शर्त पनि यसमा छन् । ‘यसले उनीहरुलाई केही गहना किन्नका लागि सहयोग पुग्नेछ । हामीले यस्ता पाँच सय महिलाको पहिचान गरेका छौं’, मूर्तिले भनेका छन् ।

त्यस्तै मैत्रेयी योजना अनुसार जोडीको विवाहको तीन वर्ष पछि तीन लाख रुपैंयाँ दिने प्रावधान छ । यसमा दुवै पक्ष आर्थिक रुपले कमजोर परिवारको हुनुपर्ने, कर्नाटककै हुनुपर्ने र उनीहरुको पहिलो विवाह हुनुपर्ने शर्त छ । यदी तीन वर्षमा दुवै बिच सम्बन्धविच्छेद भयो भने कसले पैसा फिर्ता गर्ला ? ‘हामीले उनीहरुलाई शुरुमै यो पैसा दिँदैनौं । बोर्डले उनीहरुको नाममा बैंकमा यो रकमलाई फिक्स्ड डिपोजिट गर्छ । तीन वर्ष पुरा भएपछि व्याजसमेत पुरा रकम उनीहरुको एकाउन्टमा ट्रान्सफर गरिन्छ’, मूर्ति भन्छन्, ‘यो योजना खासगरी ती व्यक्तिलाई सहयोग गर्नेछ, जो ग्रामीण इलाकाबाट प्रतिनिधित्व गर्छन् । हामीले अहिलेसम्म २५ व्यक्तिको चयन पनि गरिसकेका छौं ।’

आन्ध्र प्रदेश ब्राम्हण निगमका प्रबन्ध निर्देशक श्रीनिवास राव आन्ध्र प्रदेशमा पनि यस्तै योजना रहेको बताउछन् । उनका अनुसार यसमा पुजारीहरु या अर्चकोबाट विवाहको समयमा दुल्हनलाई ७५ हजार दिइन्छ । किनकी कैयौं पुजारीको हरेक महिना नियमित आय हुँदैन । दुवै बोर्डले आर्थिक रुपले कमजोर ब्राह्मण परिवारका छात्राहरुका लागि प्री युनिभर्सिटी, डिप्लोमा र प्रोफेसनल कोर्सको पढाईका लागि योजना पनि बनाएका छन् ।

प्रतिक्रिया