भारतमा ‘द वायर’लाई बन्देज, ८ हजार एक्स ह्यान्डल ब्लक गर्न निर्देशन


काठमाडौं- पाकिस्तानसँग द्वन्द्व चर्किंदै जाँदा भारत सरकारले सूचना पहुँचमा सेन्सरसिप थालेको छ। न्युज पोर्टल द वायरलाई भारतमा ‘ब्लक’ गरिएको सो पोर्टलले जनाएको छ।

इन्टरनेट सेवा प्रदायकले सूचना मन्त्रालयको आदेशअनुसार सो बन्देज लगाइएको जानकारी दिएको द वायरले दिएको छ।

सो सञ्चारमाध्यमले नरेन्द्र मोदीको सरकारसँग असन्तुष्ट आवाजलाई ठाउँ आएको थियो।

यस्तै भारतले एक्सलाई आठ हजारभन्दा बढी खाता ब्लक गर्न आदेश दिएको प्लेटफर्मले बिहीबार जानकारी दिएको छ । साथै प्लेटफर्मले सरकारद्वारा लागू गरिएको ‘सेन्सरशीप’ भनेर वर्णन गरेको कुरासँग अनिच्छापूर्वक पालना गरिरहेको जनाएको छ ।

सशस्त्र छिमेकीहरू बीच बढ्दो तनाव र घातक झडपहरूका बीचमा पाकिस्तानी राजनीतिज्ञ, सेलिब्रिटी र मिडिया संस्थानहरूका सामाजिक मिडिया खाताहरूलाई लक्षित गरेको छ ।

प्रतिक्रिया