सगरमाथा संवादमा भारतका वातावरणमन्त्री आउने !


काठमाडौं — सगरमाथा संवादमा भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भुपेन्द्र यादव सहभागी हुने भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्तिगत व्यस्तताका कारण स्वयं उपस्थित हुन नसक्ने भएकाले मन्त्री यादवलाई प्रतिनिधि पठाउने निर्णय गरेका हुन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री मोदीले मन्त्री यादवलाई पठाउने निश्चित गरेका हुन्। स्रोतका अनुसार, ‘प्रधानमन्त्रीज्यूको कार्यव्यस्तता भएकाले उहाँ आउन सक्नुभएन। उहाँले वातावरणमन्त्री यादवलाई पठाउने निर्णय गर्नुभएको हो।’

नेपाल सरकारले जेठ २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा आयोजना गर्ने सगरमाथा संवादमा जलवायु परिवर्तनका असर र न्यूनीकरणका उपायहरूबारे छलफल गरिनेछ। उक्त संवादमा विभिन्न राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

प्रतिक्रिया