भारतमा उच्च सतर्कता, स्वास्थ्यकर्मी र कर्मचारीको बिदा रद्द , शिक्षण संस्था बन्द


काठमाडौं — पछिल्ला दिनहरुमा छिमेकी मुलुक पाकिस्तानसँग तनाव बढेपछि भारतमा उच्च सतर्कता अपनाएको छ ।

पाकिस्तानले लगातार रुपमा ड्रोन आक्रमण गरेपछि भारतका ६ वटा राज्यमा सरकारी स्वास्थ्यकर्मी र कर्मचारीहरुको बिदा रद्द गरिएको छ भने सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ । सरकारले सुरक्षा निकायहरू हाई अलर्टमा राखेको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार भारत सरकारले पन्जाब, हरियाणा, राजस्थान, गुजरात, पश्चिम बंगाल र बिहारमा उच्च सतर्कता अपनाइएको छ ।

यस्तै पन्जाबका फिरोजपुर, पठानकोट, फाजिल्का, अमृतसर, गुरदासपुर र तरनतारन जस्ता सीमावर्ती जिल्लाका सबै स्कुल र कलेजहरुमा तीन दिन बिदा दिइएको छ ।
भारतका विभिन्न २७ विमानस्थलहरु बन्द गरेको छ ।

 

प्रतिक्रिया