पाकिस्तानको दाबी: भारतका ७७ ड्रोन खसालिए, ३१ जनाको मृत्यु


इस्लामाबाद — भारतको आक्रमणमा अहिलेसम्म ३१ जनाको मृत्यु भएको र ५७ जना घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ। सेनाले शुक्रबारसम्म भारतका ७७ ड्रोन खसालेको दाबीसमेत गरेको छ।

यसअघि बिहीबार २५ ड्रोन खसालेको बताएको सेनाले हालसम्म भारतले ९ ठाउँमा ड्रोन आक्रमण गरेको जानकारी दिएको छ।

त्यसैबीच, पाकिस्तानभित्रै राजनीतिक विवाद चुलिएको छ। संसदमा बोल्दै सांसद शाहिद अहमद खटकले प्रधानमन्त्री शाहबाज शरीफलाई ‘स्याल’ भनी सम्बोधन गर्दै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चुप लागेर बसेको आरोप लगाएका छन्।

यसैबीच, कराँची बन्दरगाहमा आक्रमण भएको खबरलाई सरकारले गलत भनेको छ। बन्दरगाहको आधिकारिक एक्स ह्यान्डलमार्फत बन्दरगाह पूर्ण रूपमा सुरक्षित रहेको जनाइएको छ।

 

प्रतिक्रिया