‘हरेक हप्ता सुत्ने ओछ्यानको तन्ना परिवर्तन गर्नुपर्छ’


काठमाडौं – सामान्यतया: हामी जीवनको लगभग एक तिहाइ समय बिछ्यौनामा (बेड)मा बिताउँछौँ। बिछ्यौनामा बस्दा पनि अनेकौँ खालका ‘ब्याक्टेरिया’ र ‘फङ्गस’को ‘बोटानिकल गार्डेन’ बन्छ।

व्यस्त दिनचार्यका कारण कतिपय मानिस घरको सरसफाइमा ध्यान दिँदैनन्। यसको प्रत्यक्ष असर स्वास्थ्यमा पर्ने गर्छ। त्यसैले हरेक साता खाटको तन्ना फेर्नुपर्छ। केही अनुसन्धानले एउटै तन्ना एक साता भन्दा बढी ओछ्यानमा त्यसमा ब्याक्टेरिया उत्पन्न हुने खतरा देखिएका छन्।

के त्यसो भए तपाई सुतेको तन्ना कत्तिको फेर्नुहुन्छ? यदी एक हप्तामा पनि फेर्नु हुन्न भने न्युयोर्क विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट फिलिप टियर्नोको यो सुझावलाई मनन गर्नुहोस्। टियर्नो एक सातामै बिछ्यौना पूर्णतया दूषित हुने गरेको बताउँछन्।

तपाईंको पसिना, थुक–र्‍याल, छालाका कोष, यौनांग र मलद्वारबाट निस्कने ब्याक्टेरिया र फङ्गससँगै आफ्नो बिछ्यौनामा तपाईं बाहिरी ‘माइक्रोब्स’सँगै सुत्नुहुन्छ। यस्ता बाहिरी माइक्रोब्समध्ये पराग कण, माटो, बालुवा, धुल्याहा, विभिन्न जीवजन्तुका रौँरझुस, विभिन्न किसिमका रेशा, धुलो, विष्टारमल लगायत पर्छन्।

टियर्नो भन्छन्, ‘यस्तो फोहर तन्नाका कारण तपाईंलाई रुघा लाग्न सक्छ, हाछ्युँ आउन सक्छ वा, यस्ता माइक्रोब्स नाकरमुख नजिक हुने भएकाले सास फेर्दा शरीरभित्रै प्रवेश गर्न सक्छन्।’

टियर्नोले एउटै तन्ना (बेडसिट) लामो समय लगातार प्रयोग गर्दा वा छिट्टै नधुँदा तन्नाको मुजा परेको वा खुम्चिएका ठाउँमा उत्पन्न हुने माइक्रोस्कोपिक जीव (ब्याक्टेरिया, भाइरस र जीवाणू) ले हामीलाई बिरामी बनाउन सक्ने बताए।

एक–दुई सातासम्म बिछ्यौना, तन्नामा थुप्रने फोहर कुनै पनि व्यक्तिको घाँटीमा संक्रमण गराउन पर्याप्त हुन्छ, खासगरी एलर्जी र दमका रोगीहरूलाई एलर्जी हुन्छ। टियर्नोका अनुसार यस्ता अदृश्य रोगव्याधको लहर नियन्त्रण गर्न कम्तिमा पनि सातामा एकपटक बेडसिट (तन्ना) धुनुपर्छ।

‘तपाईं सडकमा हिँड्दा कतै झुक्किएर कुकुरको गुहु छुनु भयो भने तुरुन्त हात धुन खोज्नु हुन्छ। तर, बिछ्यौनाबारे पनि ठ्याक्कै त्यस्तै ठान्नुस्। तपाईंले आफ्नो बिछ्यौनामा के–के छ भनेर देख्ने मात्र भए (तर तपाईंले देख्नुहुन्न) तपाईं आफैं भन्नुहुन्थ्यो, के म यस्तो ठाउँमा सुत्न सक्छु र?’ टियर्नो भन्छन्।

प्रतिक्रिया