युरोकप २०२०ः सेमिफाइनल पुग्ने चारै टिमको टुंगो, यस्तो छ खेल तालिका


काठमाडौं — युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

शनिबार राति युक्रेन र इंग्ल्यान्डबीचको खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।

युक्रेनलाई ४—० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेको छ ।

त्यसअघि शनिबारै सम्पन्न अघिल्लो खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २—१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

यस पटक इंग्ल्यान्ड, इटाली, स्पेन र डेनमार्कले अन्तिम चारमा स्थान बनाएका छन् । सेमिफाइनल खेल बुधबार र बिहीबार इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुनेछ ।

पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा डेनमार्क र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

खेल तालिकाः

बुधबार राति १२ः४५ बजे – इटालीविरुद्ध स्पेन

बिहीबार राति १२ः४५ बजे – डेनमार्कविरुद्ध इंग्ल्यान्ड

 

प्रतिक्रिया