

कोरोना खोप निगमको ३ उडानमार्फत् ल्याइने (तालिकासहित)

काठमाडौं – चीनबाट कोरोना भाइरसविरुद्धको खोप नेपाल वायु सेवा निगमले तीनवटा उडानमार्फत् ल्याउने भएको छ। निगमले खोप ल्याउन गरिने कार्गो उडानको तालिका तय समेत सार्वजनिक गरेको छ।
सरकारले चीनको सिनोफार्म कम्पनीसँग कोरोनाको खोप खरिद गर्न सम्झौता गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको भेरोसेल खोप खरिद गर्न चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग सम्झौता गरेको शुक्रबार जानकारी दिएको थियो।
निगमका अनुसार पहिलो उडान यही जुलाइ ८ (असार २४ गते) मा हुनेछ। यस्तै दोस्रो र तेस्रो उडान क्रमशः जुलाई १५ र २२ मा हुने तय भएको छ।
चीनबाट ४० लाख डोज खोप खरिदका लागि ‘नन डिस्क्लोजर’ सम्झौता भएको छ।
यस्तो छ उडान तालिकाः-

